एतिहासिक ‘सल्हेश फूलबारी मेला’ नलगाउन जिल्ला प्रशासन सिरहाको अनुरोध

एतिहासिक ‘सल्हेश फूलबारी मेला’ नलगाउन जिल्ला प्रशासन सिरहाको अनुरोध

अपन दैनिक प्रिन्ट संस्करण
चैत्र २६, २०७७ मा प्रकाशित
३५२ पटक पढिएको
एतिहासिक ‘सल्हेश फूलबारी मेला’ नलगाउन जिल्ला प्रशासन सिरहाको अनुरोध

सिरहा । सिरहाको एतिहासिक सल्हेश फूलबारीको मेला यसपाली पनि नलगाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । 
छिमेकी मूलुक भारतमा तीव्र रुपमा बढदै गएको कोभिड–१९ कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै सिरहामा समेत फैलिन नदिनको लागि जिल्ला प्रशासन कार्यालय सिरहाले बैशाख १ गते लाग्ने मेला नलगाउन आग्रह गरेको हो ।

ful bari
सयौं वर्षदेखि सिरहाको पतारीमा लाग्दै आएको एतिहासिक सल्हेश फूलबारी मेला गत वर्ष पनि कोरोनाको कारण प्रशासनले रोक लगाएको थियो भने यसपाली पनि यही महिनामा कोरोनाको दोस्रो वेभ सुरु भएपछि प्रशासन अलर्ट जारी गरेको हो । 
“मेला पर्वहरुमाथि रोकलगाउने निर्णय समेत भएको देखिएकोले सिरहा जिल्लामा प्रत्येक वर्ष नयाँ सालको अवसरमा सिरहा, लहान, भगवानपुर, लक्ष्मिपुर लगायतका पालिकाका विभिन्न स्थानमा फुलवारी मेला, शलहेश मेला, मानिकदह पकरिया मेला लगायत बढी भीडभाड हुने मेला, जग, धार्मिक एवं प्रवचन कार्यक्रम, मौतका कुवा, सांस्कृतिक कार्यक्रम रमाईलो मेला जस्ता बढी भीडभाड हुने कुनै पनि कार्य नगर्नुुनगराउनु हुन सम्वन्धित स्थानीय तह आयोजक संस्थालाई अनुरोध गर्ने निर्णय गरियो ।”– जिल्ला प्रशासन कार्यालय सिरहा तथा निमित्त सिडिओ कृष्ण कुमार निरौलाद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ । 
कोभिड–१९ को जोखिम कायमै रहेकोले त्यस्ता मेला, धार्मिक कार्यक्रम, उत्सव जस्ता बढी भीडभाड हुने स्थानमा नजान समेत प्रशासनले आग्रह गरेको हो । त्यसको लागि सबै स्थानीय तहले प्रचार प्रसारको लागि अनुरोध गर्न भनिएको हो ।

कोभिड-१९ को जोखिम कम गर्न भीडभाड जस्ता कार्य नगर्ने नगराउने सम्वन्धमा ।

Posted by हेलाे जिल्ला प्रशासन सिरहा on Wednesday, April 7, 2021

छापा संस्करण

२०७८ बैशाख २ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित