पत्रकार महासंघ सिरहामा जसपा निकट यादव नेतृत्वको प्यानल विजयी

पत्रकार महासंघ सिरहामा जसपा निकट यादव नेतृत्वको प्यानल विजयी

अपन दैनिक प्रिन्ट संस्करण
चैत्र २६, २०७७ मा प्रकाशित
७१९ पटक पढिएको
पत्रकार महासंघ सिरहामा जसपा निकट यादव नेतृत्वको प्यानल विजयी Photo : sargamkhaba

सिरहा, २५ चैत । नेपाल पत्रकार महासंघ सिरहा शाखाको सम्पन्न निर्वाचनबाट जसपा निकट प्रेस मञ्चका मनोज कुमार यादव बनैता नेतृत्वको प्यानल विजयी भएको छ । 
सिरहामा महासंघको नयाँ नेतृत्वका लागि जसपा निकट प्रेस मञ्चका मनोज कुमार यादव बनैता र प्रेस संगठन, प्रेस युनियन र प्रेस चौतारीको संयुक्त उमेद्वार हिरालाल चौधरी नेतृत्वको प्यानल बीच भएको कडा प्रतिस्पर्धामा यादव नेतृत्वको पुरै प्यानल विजय भएका छन् ।
नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको सिरहा शाखाको निर्वाचन समितिका मतदानका लागि विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म समय तोकिएको थियो, जसमा ८४ जना सदस्य मध्ये ८३ जनाले मतदान गरेका थिए । सिरहा महासंघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा मनोज कुमार यादव बनैता ४५ मत प्राप्त गरी विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी हिरालाल चौधरीले ३८ मत ल्याएका छन् ।
त्यसैगरी उपाध्यक्षमा गणेशप्रसाद साह ४३ मत ल्याएर विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी जिबछ यादव उदासी ३९ मत ल्याएका हुन । महिला उपाध्यक्षमा रिकुकुमारी दास ४२ मत ल्याएर विजयी भएका छन भने उनको निकटम प्रतिद्वन्दी यमुना खनालले ३६ मत ल्याएको निर्वाचन समितले जनाएको छ । 
त्यसैगरी सचिवमा शिबदयाल यादव ४२ मत ल्याएर विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी शम्भु यादवले ३९ मत ल्याएका हुन । सहसचिवमा राजेन्द्र महतो ४५ मत ल्याएर विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी राम भरोषि महतोले ३७ मत ल्याएका छन् । सहसचिव समावेशीमा दुर्गा परियारले ५२ मत ल्याएर विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी आशिष कुमार विश्वकर्माले ३१ मत ल्याएका हुन । कोषाध्यक्षमा वीरेन्द्रप्रसाद नेपालले ४३ मत ल्याएर जीत हात पारेका छन् भने उनको निकटम प्रतिद्वन्दी एलिना हिमांग चौधरीले ३९ मत ल्याएका छन् ।
त्यसैगरी खुल्ला सदस्यहरुमा दिनेश कुमार दास ४६, विरेन्द्र यादव ४७, हरि भक्त लामा ५०, श्री नारायण यादव ४८ मत प्राप्त गरि विजय भएका छन् भने समावेसी सदस्य तर्फ सुरेन्द कामती ४८ मत ल्याएर विजयी भएका छन् भने उनको निकटम प्रतिद्वन्दी अनिरुद्र ठाकुरले २८ मत ल्याएका छन् । 
त्यस्तै केन्द्रिय परिषद सदस्यमा दिनेश्वर प्रसाद गुप्ता ६४, चन्द्रदेव कामति ५८ र डा.जय नारायण यादव ५७ मत प्राप्त गरि विजय भएका छन् ।

छापा संस्करण

२०७८ बैशाख २ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित