अजोड इन्स्योरेन्सको कारोबारमा छानबिन गरिने

अजोड इन्स्योरेन्सको कारोबारमा छानबिन गरिने

रासस
चैत्र २३, २०७७ मा प्रकाशित
१०५ पटक पढिएको
अजोड इन्स्योरेन्सको कारोबारमा छानबिन गरिने

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धमा अध्ययन गर्न  निर्देशकको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ ।  यही चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै बोर्डले उक्त छानबिन समिति गठन गरेको सहप्रवक्ता रुपेश केसीले जानकारी दिए ।

सो कम्पनीको हकप्रद शेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनु अगावै शेयर कारोबारमा वृद्धि भएको भन्दै बोर्डमा गुनासो प्राप्त भएको जनाइएको छ । त्यस दिनको कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबारसम्बन्धी विवरण बोर्डमा पेश गर्न नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरिएको बोर्डले जनाएको छ । 

कुनै भित्री कारोबार भएको पाइएमा नियमानुसार कारबाही अगाडि बढाइने बोर्डको भनाइ छ । धितोपत्र बजारका स्थापित मूल्य मान्यता अनुरुप बजारलाई स्वच्छ र पारदर्शी रुपमा सञ्चालन गर्न अनुरोध गर्दै बोर्डले गलत काम गर्नेलाई कारबाहीको दायरामा ल्याइने जनाएको छ ।

छापा संस्करण

२०७८ बैशाख २ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित