राष्ट्र बैंककी निर्देशकमाथि आमाको ३ करोड सम्पत्ति खाएको आरोप

राष्ट्र बैंककी निर्देशकमाथि आमाको ३ करोड सम्पत्ति खाएको आरोप

अपन दैनिक संवाददाता
चैत्र २२, २०७७ मा प्रकाशित
१३५ पटक पढिएको
राष्ट्र बैंककी निर्देशकमाथि आमाको ३ करोड सम्पत्ति खाएको आरोप

काठमाडौं । राष्ट्र बैँककी निर्देशक पदमा कार्यरत सुष्मा रिजाल रेग्मीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पक्राउ गरेको छ । उनलाई पक्रनुको कारण हो–‘बुवा–आमाको सम्पत्ति खाएर हेला गरेको ।’ सुष्मा र उनका पति कमलप्रसाद रेग्मी मिलेर सासु शोभा रिजाल र ससुरा भुपेन्द्र रिजालको नाममा रहेको ३ करोड भन्दा बढी सम्पत्ति खाएको आरोप लागेको छ । कमलप्रसाद जल उत्पन्न प्रकोप विभागका पूर्व डिजी हुन् ।

ज्येष्ठ नागरिक ऐन–०६३ अनुसार संरक्षकले ज्येष्ठ नागरिकको सम्पत्ति हिनामिना गर्न पाईंदैन । ज्येष्ठ नागरिकसम्बन्धी कसुरमा सुष्मालाई पक्रेर अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।

०७६ मंसिरमा भूपेन्द्रको मृत्युपछि शोभाले आफ्नो सम्पत्ति छोरी–ज्वाईंको जिम्मामा राखेकी थिइन् । पालन–पोषण गर्ने शर्तमा संरक्षक बनेर सम्पत्तिको जिम्मा लिएकी सुष्माले माछापुच्छ्रे बैंकमा राखेको पैसा र सुन अनधिकृत रुपले निकालेको आमाले दावी  गरेकी छिन् ।

आमा (८४ वर्ष) शोभाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको एसएसपी सिंहले बताएका छन् । श्रृजना फाइनान्स र अरनिको सहकारीमा राखेको रकम पनि छोरी–ज्वाईंले झुक्याएर निकालेको र आफुलाई पालन–पोषण नगरेको आमाको आरोप छ । शेयर पनि झुक्याएर बेचेपछि शोभाले कानुनी उपचार खोज्दै जाहेरी दिएकी हुन् ।

छापा संस्करण

२०७८ बैशाख २ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित