फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

अपन दैनिक
चैत्र २२, २०७७ मा प्रकाशित
३५४ पटक पढिएको
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजेल/मटितेलको साविकको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजेल/मटितेलको १०३ रूपैयाँ कायम भएको छ । गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो ।

इन्डियन आयल कर्पोरेसनबाट १ अप्रिल २०२१ मा प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन गरेको हो । पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर भएतापनि मासिक नोक्सानी अत्याधिक रहेको निगमले बताएको छ ।

स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ट गरेअनुसार आइतबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढेको हो । खाना पकाउने ग्यास तथा हवाई इन्धनको बिक्री  मूल्य भने हाललाई यथावत नै राखिएको निगमले जनाएको छ ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ७.३९ रुपैयाँ, डिजेलमा प्रति लिटर १.९४ रुपैयाँ घाटा छ । ग्यासमा प्रतिसिलिन्डर ४१८.४७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

१५ दिनमा निगमलाई ८८ करोड घाटा हुने र  ग्यासमा मात्रै पाक्षिक रुपमा ६०.१३ करोड घाटा रहेको निगमले बताएको छ । सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा सञ्चित नाफाबाट व्यवस्थापन गरिने निगमले जनाएको छ ।

छापा संस्करण

२०७८ बैशाख २ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित