चिनियाँ खोप २५ गतेदेखि लगाउने निर्णय

चिनियाँ खोप २५ गतेदेखि लगाउने निर्णय

अपन दैनिक
चैत्र २२, २०७७ मा प्रकाशित
९१ पटक पढिएको
चिनियाँ खोप २५ गतेदेखि लगाउने निर्णय

काठमाडौं । सरकारले चिनियाँ खोप ‘भेरोसेल’ यही चैत २५ गतेदेखि प्रयोगमा ल्याउने निर्णय गरेको छ ।

चीन सरकारले केही पहिले ८ लाख डोज कोरोना खोप ‘भेरोसेल’ नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।

यो खोप अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरुका साथै हिमालय सीमापार व्यापार गर्नेहरु र चीन सरकारको छात्रवृत्तिमा चीनमा अध्ययन गर्ने वा अध्ययनमा जाने तयारीमा रहेका विद्यार्थीहरुलाई दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अत्यावश्यक सेवामा स्वास्थ्य, खानेपानी, दुग्ध पदार्थ वितरणलगायत पर्छन् ।

चिनियाँ कम्पनीले उत्पादन गरेको खोप ‘भेरोसेल’ नेपालमा प्रयोगका लागि औषधि व्यवस्था विभागले ४ फागुनमै आपतकालीन प्रयाेगकाे लागि अनुमति दिइसकेको छ ।

 

छापा संस्करण

२०७८ बैशाख २ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित