सिरहा प्रिमियर लिग (एसपिएल) टी–ट्वान्टी क्रिकेट

सिरहा प्रिमियर लिग (एसपिएल) टी–ट्वान्टी क्रिकेट

सिरहा सलहेश वारिर्यस ८१ रन अन्तरले च्याम्पियन

अपन दैनिक ब्यूरो
चैत्र २०, २०७७ मा प्रकाशित
६३६ पटक पढिएको
सिरहा प्रिमियर लिग (एसपिएल) टी–ट्वान्टी क्रिकेट

सिरहा । सिरहा प्रिमियर लिग (एसपिएल) टी–ट्वान्टी क्रिकेट सिजन टू को उपाधी यस वर्ष नव आगन्तुक सिरहा सलहेश वारिर्यस टिमले जितेको छ ।

सिरहा क्याम्पस खेल मैदानमा सिरहा जिल्ला क्रिकेट संघले आयोजना गरेको एसपिएलमा सिरहा सलहेश वारिर्यसले १ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओभरमा २ विकेट क्षतिमा १ सय ५५ रनको स्कोर खडा गरेको थियो । वारिर्यसका दिपेश दास नटआउट ६ (८०) र सुमन गटराजले नटआउट ५५(२७) रनमा बनाएका थिए । गटराजलाई दिपेश दासले राम्रो साथ दिएको थियो । रोयल सिरहाका ओमकार यादवले१ विकेट लिएका थिए ।

जवाफी ब्याटिङ गरेको रोयल सिरहाले राम्रो साझेदारी गर्न सकेनन् । सलहेश वारिर्यसका बलरहरु हावी भएपछि रोयल सिरहा १६.४ ओभरमा ७४ रनमा अलआउट भएका थिए । रोयल सिरहाका निम्ति अन्तिम ब्याट्सम्यानका रुपमा आएका  अफ्रिदीन राईनले सर्वाधिक २० रन बनाएर नटआउट रहेका थिए । 
सिरहा सहलेश वारिर्यसका सुमन गटराज, मनोज यादवले समान ३÷३ विकेट लिएका थिए भने पार्थिप यादवले २ विकेट लिएका थिए ।
प्रतियोगिताका च्याम्पियन सिरहा सलहेश वारिर्यसलाई १ लाख नगद सहित ट्रफी सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवले प्रदान गरेका थिए । यस्तै उपविजेता रोयल सिरहालाई ७५ हजार नगद र ट्रफी प्रदान गरिएको आयोजक सिरहा जिल्ला क्रिकेट संघका अध्यक्ष सुनिल महासेठले बताए । 

कसले के पाए ?

गत चैत १० देखि सुरु भएको सिरहा प्रिमियर लिगको उपाधी विजेता टिमकै खेलाडीहरुले विभिन्न अवार्ड प्राप्त गरेका छन् । सिरहा सलहेश वारिर्यसका सुमन गटराजले प्लेयर अफ दि सिरिज र प्लेयर अफ दि म्याचको अवार्ड प्राप्त गरेका छन् । फाईनल खेलमा ५४ रन र ३ विकेट लिएका गटराज समग्रमा १ सय रन र ९ विकेट लिई प्लेयर अफ दि सिरिज घोषित भएका छन् ।

यस्तै सिरहा सलहेश वारिर्यसका कप्तान रुपेश सिंह र र दिपेश दासलाई संयुक्त रुपमा बेस्ट ब्याट्सम्यानको अवार्ड प्रदान गरेको छ । कप्तान सिंहले ११५ र दासले १२० रन बनाएका छन् ।

यस्तै वेस्ट बलरको अवार्ड सिरहा सलहेश वारिर्यसका पार्थिव यादवलाई प्रदान गरेको छ । यादवले समग्रमा ४ खेलमा ११ विकेट हासिल गरेका छन् ।

छापा संस्करण

२०७८ बैशाख २ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित