एसपीएल टी–ट्वान्टी क्रिकेट : रोयल सिरहा फाईनल प्रवेश

एसपीएल टी–ट्वान्टी क्रिकेट : रोयल सिरहा फाईनल प्रवेश

अपन दैनिक संवाददाता
चैत्र १८, २०७७ मा प्रकाशित
२४८ पटक पढिएको
एसपीएल टी–ट्वान्टी क्रिकेट : रोयल सिरहा फाईनल प्रवेश

सिरहा । सिरहा प्रिमियर लिग (एसपीएल) टी–ट्वान्टी क्रिकेट सिजन टूमा रोयल सिरहा फाईनल प्रवेश गरेको छ ।

सिरहा क्याम्पस खेल मैदानमा दोस्रो सेमिफाईनल खेलमा गत सिजनका विजेता लक्ष्मीपुर सल्हेश टाइर्गसलाई २९ रन अन्तरले पराजित गर्दै उपाधीको दाबेदारीमा रोयल सिरहा पुगेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको रोयल सिरहा निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३१ रनको स्कोर खडा गरेको थियो ।

रोयल सिरहाको लागि नसिबुल राईन ३० (२८, अमित  १४(१२, सन्तोष अधिकारी ११ (१५) र रुपक यादव १०(१०) रनको योगदान गरेका थिए भने लक्ष्मीपुर सल्हेश टाइर्गसका मनोज ४ ओभर बलिङ गर्दै १९ रन दिई ४ विकेट लिएका थिए ।

जवाफी ब्याटिङ गरेको लक्ष्मीपुर सल्हेश टाईगरले १९.१ ओभरमा १ सय २ रनमा अलआउट भएको थियो ।

लक्ष्मीपुर सल्हेश टाईगसका राहुल शर्मा २०(२०), प्रवण झा १९ (२२), तारपेश्वर मुखिया १३ (२१) र राजकुमार दासले ८(५) रनको योगदान गरेका थिए ।

रोयल सिरहाका रुपक यादव ३.१ ओभरमा १६ रनमा ४, अमित मण्डल ४ ओभरमा १४ रन दिई ३ विकेट लिएका थिए ।

फाईनल खेलमा अगामी शुक्रवार सिरहा सलहेश वारिर्यससँग रोयल सिरहाले उपाधीको निम्ति प्रतिस्पर्धा गर्नेछ ।

यस सिजनमा उपाधी दाबेदारीमा पुग्ने दुवै टिम नयाँ रहेको प्रतियोगिता आयोजना गरिरहेका सिरहा जिल्ला क्रिकेट संघका अध्यक्ष सुनिल महासेठले बताए ।

छापा संस्करण

२०७८ बैशाख २ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित