सिरहा । सिरहा प्रीमियर लिग (एसपिएल) टी-ट्वान्टी क्रिकेट दोस्रो संस्करण आजदेखि सुरु भएको छ ।
सिरहा क्याम्पस खेल मैदानमा भएको उद्घाटन खेलमा लक्ष्मिपुर सलहेश टाइगर्स २९ रनले विजयी भएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको लक्ष्मिपुरले निर्धारित २० ओभरमा अनिश मण्डल ४३(४१) र तारपेश्वर मुखियाको अविजित २१(१६) रनको सहयोगमा ७ विकेटको क्षतिमा १ सय ५५ रनको बनाएको थियो ।
ड्रागन वारियर्सका बिक्रम बिस्ट २ ओभरमा १३ रन दिई २ र मदन मण्डलले ४ ओभरमा २२ रन दिई २ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ गरेको ड्रागनले १८.५ ओभरमा १ सय २६ रनमा अलआउट भएको थियो । ड्रागनको तर्फवाट मदन मण्डल २१(२६) र नुरे नवीन १८(८) रनको योगदान गरेका थिए । लक्ष्मिपुरका मनोज यादव ४ ओभरमा २४ रन दिई ४ विकेट र कप्तान नन्दन यादव ४ ओभरमा २१ रन दिई ३ विकेट लिएका थिए ।
खेलको प्लेयर अफ द म्याच सलहेशका मनोज यादव घोषित भएका छन् ।
सिरहा जिल्ला क्रिकेट संघको आयोजना र सिरहा नगरपालिकाको प्रायोजन रहेको एसपिएल टी-ट्वान्टीको उद्घाटन सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवले गरेका थिए ।
उद्घाटनमा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बलिङ गरेका थिए भने मेयर यादवले ब्याटिङ गरेको सिरहा जिल्ला क्रिकेट संघका अध्यक्ष सुनिल महसेठले बताए ।
Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित