सप्तरी प्रिमियर लिग : बजाज खडक वारियर्सको जितमा अनिलको आक्रामक शतक

सप्तरी प्रिमियर लिग : बजाज खडक वारियर्सको जितमा अनिलको आक्रामक शतक

अपन दैनिक संवाददाता
चैत्र १०, २०७७ मा प्रकाशित
१८० पटक पढिएको
सप्तरी प्रिमियर लिग : बजाज खडक वारियर्सको जितमा अनिलको आक्रामक शतक

सप्तरी । सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्स र विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले जित दर्ता गरेका छन् ।

राज रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा रुपनी राईडर्सले दिपेन्द्र ऐरी कप्तानीको तिलाठी कोईलाडी जायन्टसलाई १५ रनले पराजित गर्यो । 

सप्तरीको राजविराज स्थित राज रंगशालामा सम्पन्न खेलमा रुपनी राईडर्सले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोईलाडी जायन्टसले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।

लक्ष्य पछ्याउने क्रममा तिलाठी कोईलाडीको लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४९ रन बनाए जुन क्रममा ३९ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । सन्तोष कार्कीले २७ बलमा ३७ रन तथा दिपेश कंडेलले १५ बलमा २८ रन बनाए ।

रुपनी राईडर्सको बलिंगमा अनिल यादव र सुमित झाले समान २ विकेट लिए। यस्तै सुनिल धमला, फिर्दोश अन्सारी र कुशल भुर्तेलले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिंग गरेको रुपनी राईडर्सले २० ओभरमा ७ विकेट क्षेतीमा १५३ रन बनाएको थियो ।

रुपनीको लागि ओपनर अमित यादवले सर्वाधिक ४६ रन बनाए जुन क्रममा ४८ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै अर्का ओपनर सुनिल धमलाले १९ बलमा ३ चौका र ३ छक्का मद्दतले ३२ रन बनाए । लोकेश बमले २२ रन, फिर्दोश अन्सारीले २० रन तथा निरज मुखियाले १७ रन बनाए ।

तिलाठी कोईलाडीको बलिंगमा दिपेश कंडेलले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २८ रन खर्चिए। .राशिद खान र आदील अन्सारीले समान १ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच रुपनी राईडर्सका सुनिल धमला चुनिए ।

दिनको दोश्रो खेलमा बजाज खडक वारियर्सले सिद्धान्त लोहनी कप्तानीको बोदे बर्साईन थन्डर्सलाई ४१ रनले पराजित गर्यो ।

बजाज खडक वारियर्सले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साईन थन्डर्सले २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो ।

बोदे बर्साईनको लागि कप्तान सिद्धान्त लोहनीले सर्वाधिक २९ रन बनाए । यस्तै अविनाश कर्णले १९ रन, योगेन्द्र सिंह कार्कीले १७ रन, सकिम आलम र बिशाल सुश्लिंगले समान १४ रन तथा बसन्त रेग्मीले १३ रन बनाए ।

बजाज खडकको बलिंगमा अनिल खरेलले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा २८ रन खर्चिए।  यस्तै भुलावन सहानीले ३ विकेट तथा पप्पु यादव र पवन सर्राफले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिंग रोजेको बजाज खडक वारियर्सले २० ओभरमा ३ विकेट क्षेतीमा १८६ रन बनाएको थियो ।

बजाज खडक वारियर्सको लागि ओपनिंग ब्याटिंग गरेका अनिल शाहले प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा अविजित १०० रन बनाए ।  त्यस क्रममा उनले मात्र ५० बल सामना गर्दै ७ चौका र ८ छक्का प्रहार गरे ।

यस्तै कप्तान विवेक यादवले १७ बलमा ३० रन, प्रशान्त राईले ३६ बलमा २७ रन तथा पवन सर्राफले ५ बलमा अविजित २२ रन योगदान दिए ।

बोदे बर्साईन थन्डर्सको बलिंगमा बसन्त रेग्मीले सर्वाधिक २ विकेट लिए जुन क्रममा ४ ओभरमा १८ रन खर्चिए पप्पु यादवले १ विकेट लिए भने अन्य बलर विकेटविहिन रहे ।

खेलको प्लेयर अफ द म्याच अनिल शाह चुनिए ।

लिग अन्तर्गत बुधबार पनि दुईवटा खेल खेलिनेछन् । पहिलो खेलमा विहान ९ बजे रुपनी राईडर्स र बजाज खडक वारियर्स तथा दोश्रो खेलमा टिभीएस किंग्स राजविराज र तिलाठी कोईलाडी जायन्टसले प्रतिस्पर्धा गर्नेछन् ।

छापा संस्करण

२०७८ बैशाख २ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित