विराटनगरको नेकपा कार्यालयमा राखियो एमालेको बोर्ड

विराटनगरको नेकपा कार्यालयमा राखियो एमालेको बोर्ड

अपन दैनिक
फाल्गुन २४, २०७७ मा प्रकाशित
१३४ पटक पढिएको
विराटनगरको नेकपा कार्यालयमा राखियो एमालेको बोर्ड

विराटनगर । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि विराटनगरस्थित साविकको नेकपा कार्यालयलाई सोमबार नेकपा एमाले कार्यालयमा परिणत गरिएको छ । एमाले कार्यकर्ताले कार्यालयमा रहेको नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखेका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नेकपा जिल्ला कार्य समिति मोरङको विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखेपछि उद्घाटन गरेका हुन् ।

दुई दल मिलेर नेकपा बन्नुअघि पनि उक्त भवनमा नेकपा एमालेकै पार्टी कार्यालय थियो । सर्वोच्चको आइतबारको फैसलापछि पुन: एमालेकै पार्टी कार्यालय बनाइएको हो ।

नेकपा एमाले पार्टी कार्यालय उद्घाटन कार्यक्रममा जिल्लाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो । कार्यालयको बोर्ड फेर्ने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललगायतका नेताहरु पनि उपस्थित थिए ।

nekapa-emale

छापा संस्करण

२०७८ बैशाख २ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित