धमाधम रिहा हुन थाले विप्लवका नेता कार्यकर्ता

धमाधम रिहा हुन थाले विप्लवका नेता कार्यकर्ता

अपन दैनिक
फाल्गुन २१, २०७७ मा प्रकाशित
३५९ पटक पढिएको
धमाधम रिहा हुन थाले विप्लवका नेता कार्यकर्ता

काठमाडाैं । शान्तिपूर्ण राजनीतिमा आएसँगै नेकपा विप्लव समूहका नेता कार्यकर्ता धमाधम रिहा हुन थालेका छन् ।

गृह मन्त्रालयको निर्देशनमा काभ्रे प्रहरीको हिरासतमा रहेका नेता धर्मेन्द्र बाँस्तोला शुक्रबार बिहान रिहा भए ।
यस्तै  नेता ओमप्रकाश पुन र विवेक कुमाल कैलाली कारागारवाट रिहा भएका छन्।  

सो पार्टीको पूर्वसेती महाकाली ब्यूरो इन्चार्जसमेत  पुन गत साउनमा पक्राउ परेका थिए ।

नेता पुनलाई हात हतियारसम्बन्धी र कुमाललाई सङ्गठित अपराधसम्बन्धी मुद्दा लगाइएको थियो ।

अन्यलाई पनि प्रक्रिया पुरा गरेर रिहा गरिने सरकारले जनाएको छ । विप्लव समूहका १ सय बढी नेता कार्यकर्ता जेल तथा अनुसन्धानका क्रममा हिरासतमार रहेका छन् ।

छापा संस्करण

२०७८ बैशाख २ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित