प्रदेश नम्बर २ का राज्यमन्त्री यादवमाथि कुर्सी प्रहार

प्रदेश नम्बर २ का राज्यमन्त्री यादवमाथि कुर्सी प्रहार

अपन दैनिक
फाल्गुन २१, २०७७ मा प्रकाशित
४७८ पटक पढिएको
प्रदेश नम्बर २ का राज्यमन्त्री यादवमाथि कुर्सी प्रहार

जनकपुर । प्रदेश नम्बर २ का राज्यमन्त्री योगेन्द्र राय यादवमाथि कुर्सी प्रहार भएको छ ।  जिल्ला सहकारी संघ धनुषाको साधारणसभा भाँड्न खोजेपछि आयोजकबाट नै राज्यमन्त्री यादवमाथि कुर्सी प्रहार गरिएको हो ।

संघका अध्यक्ष रामबाबु यादव नेतृत्वको समूहले राज्यमन्त्री यादवले साधारणसभा भाँड्न खोजेको आरोपमा उनीमाथि कुर्सी प्रहार गरेको थियो । फर्जी सदस्यहरुको आडमा संस्थाका निवर्तमान अध्यक्ष हरिचन्द्र हरियौत नेतृत्वको समूहले भ्रष्टाचार लुकाउन साधारणसभा आयोजना गरेको भन्दै अध्यक्ष रामबाबु यादव नेतृत्वको समूहले कार्यक्रममा रडाको मच्चाएका थिए ।

रामबाबु यादव समूहले गैरकानूनी रुपमा आयोजना भइरहेको साधारणसभा रोक्न आग्रह गरेपछि राज्यमन्त्री यादव समेत जाइ लागे । त्यसपछि उनीमाथि कुर्सी प्रहार भएको कार्यक्रममा सहभागी रहेका सेयरधनी तथा सदस्य संजय कुमार साहले बताए ।

साहले भने, ‘हरियौत समूहले संस्थाको चल अचल सम्पत्ति हिनामिना गरेको आरोप लगाउँदै रामबाबुको समूहले साधारणसभा रोक्न खोजेका थिए । यता राज्यमन्त्री यादवले विवाद मिलाउनुको साटो कार्यक्रम बीचमै खैलाबैला मचाउँदा रामबाबु यादवको समुहले राज्यमन्त्री यादवमाथि कुर्सी फ्यालेर आक्रमण गरेका थिए ।

तर राज्यमन्त्री यादवले आफूमाथि हातपात नभएको बताएका छन् । उनले भने,ममाथि हातपात भएको छैन । संघका पदाधिकारीहरुबीच नै हिसाब किताब सम्बन्धमा सामान्य विवाद भएको थियो । उनीहरुले मलाई केही गरेको छैन ।’

p2-krishi_sahakari निवर्तमान अध्यक्ष हरियौत र जिल्ला बचत सहकारी संघ धनुषाका अध्यक्ष नारायण यादव लगायतका पदाधिकारीमाथि सहकारी जगेडा कोषको ४७ लाख रुपैयाँ, सहकारीको घर भाडा वापतको मासिक १ लाख ३२ हजार रुपैयाँ, राष्ट्रिय सहकारी बोर्डको अनुदान रकम २० लाख रुपैयाँ र संघको १७ धुर जग्गा कौडीको भाउमा बेचेर रकम अनियमितता गरेको आरोप रामबाबु यादवले लगाएको छ ।

पछिल्लो २४ वर्षदेखि हरियौत नै संस्थाको अध्यक्ष छन् । हिरयौतको समूहले संघ भित्र गैरकानूनी तरिकाबाट काम गरिरहेको भन्दै बहुमत सदस्यले रामबाबु यादवको अध्यक्षतामा गत वर्ष नै संघको नेतृत्व चयन गरेका थिए ।

साधारणसभामा संघमा आबद्ध ७९ जना सेयरधनी मध्ये ९ जनालाई मात्रै कार्यक्रम बारे जानकारी गराइएको थियो । अन्य सेयरधनीहरू रामबाबु यादवको पक्षमा उनीहरुलाई जानकारी नै गराएको थिएन । रामबाबु पक्षले फागुन २४ गते राष्ट्रिय सहकारी महासंघको आतिथ्यमा अर्को साधारणसभा गर्ने सेयरधनी संजय कुमार साहले बताए । —रातोपाटीमा समाचार छ ।

छापा संस्करण

२०७८ बैशाख २ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित