जनकपुर-अयोध्या हवाई उडान गर्ने तयारी

जनकपुर-अयोध्या हवाई उडान गर्ने तयारी

अपन दैनिक संवाददाता
फाल्गुन १९, २०७७ मा प्रकाशित
२३६ पटक पढिएको
जनकपुर-अयोध्या हवाई उडान गर्ने तयारी

काठमाडौं । नेपालको जनकपुर र भारतको अयोध्याबीच हवाई सेवा सञ्चालनको तयारी सुरु भएको छ ।

यि दुई शहरलाई जोड्ने गरी निजी वायुसेवा कम्पनी बुद्ध एयरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ । सहजीकरणका लागि प्रदेश २ सरकारसँग समेत आग्रह गरिएको कम्पनीका एक अधिकारीले जानकारी दिए ।

अयोध्या उडानमा उत्तर प्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथको समेत चासो रहेका कारण अयोध्यातर्फ अनुमति प्राप्त हुने विश्वास कम्पनीको छ ।अयोध्यामा भारतले राम मन्दिर बनिरहेको छ, जनकपुर सीताको माइती शहर हो ।

कम्पनीले यसअघि काठमाडौंबाट वनारासका लागि सिधा उडान गरिरहेको थियो ।  यो रुटको उडान लकडाउन र प्रतिवन्धपछि झिकिएको थियो । त्यसअघि बुद्धले कलकत्ता उडानमा समेत हात हालेको थियो । यो रुटमा अपेक्षित सफलता प्राप्त भएन । तर, जनकपुर-अयोध्या उडानमा भने पर्याप्त यात्रु पाउने अपेक्षा कम्पनीको छ ।

बुद्ध एयरका अनुसार जनकपुरबाट अयोध्या उडान ५० मिनेटको हुने भएको छ  । आन्तरिक तयारी शुरु भएको र अयोध्यामा आन्तरिक विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने काम भइरहेका कारण निकट भविष्यमा यस रुटमा उडान गरिने कम्पनीले जनाएको छ ।

भारतले नै बनाएको रामायण सर्किटको एक महत्वपूर्ण अंश जनकपुर पनि हो । यसले समेत भारतयि र नेपाली पर्यटकलाई सेवा दिन सहज हुने कम्पनीको भनाइ छ ।

छापा संस्करण

२०७८ बैशाख २ बिहिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित