#सिरहाभन्सार माडरसीमा नाका

कोरोना संक्रमण रोक्न संघीय सरकारले लकडाउन जारी गरेपछि नेपालसँग सीमा जोडिएका भारत र चीनसँगको सीमानाका बन्द गरिएको थियो । खासगरी नेपाल र भारतसँगको सीमानाका विशेष महत्व राख्छ ।
तीन तिरबाट भारतीय सीमा रहेको र विशेषगरी नेपालीहरुको मुख्य गन्त्वय भारतीय सहर भएकोले पनि सीमानाका संचालन गर्न जरुरी थियो । कोरोना महामारी रोक्न २०७६ चैत ११ मा लकडाउन भएपछि सीमानाकाबाट आवतजावत र नीजि सार्वजनिक सवारी साधनमा रोक लागेको थियो । जनस्तरबाट सीमानाका पूर्ववत रुपमा सूचारु गर्न व्यापक दबाब र विरोधका कार्यक्रम भारतसँग सीमा जोडिएका नाकाहरुमा गरिएको थियो । यद्यपी नाका संचालनमा आउन सकेको थियो ।
कोरोना महामारीको तेस्रो लहरको जोखिम अत्याधि नदेखिएपछि र पर्यटन व्यवसायीहरुको माग र दबाबका वीच सरकारले सीमा नाका पूर्ववत रुपमा ंसंचालनमा ल्याउने निर्णयमा पुग्यो । जसले गर्दा नेपालबाट भारत र भारतबाट नेपाल जाने आउनेलाई सहजता थपिन पुगेको छ । सीमानाका बन्द भएको ५७८औं दिनमा सुचारु भएको छ । यो एउटा सुखद पक्ष हो । विश्वमा कोरोना महामारीको संक्रमण रहेपनि बढ्दो भ्याक्सिनको संख्याका आधारमा लकडाउन र कडाईमा खुकुलोपन थपिदै गएको छ ।
मन्त्रीपरिषद्को निर्णयको आधारमा सिरहाको मुख्य भन्सार नाका माडर खैरटोका र ठाँडीबाट नीजि, सार्वजनिक लगायतका सवारीसाधन आवतजावत खुलेको छ । यसले दुवैतर्फको पारवाहन सुविधा पूर्ववर्त रुपमा फर्किएको छ । नेपालले सीमा नखोल्दा भारतीय पक्षले पनि सीमाक्षेत्रमा नेपाली नागरिकलाई भारत प्रवेशमा कडाई गर्दै आएको थियो । अब भारतीय पक्षले नेपालको निर्णयको अधारमा सीमा क्षेत्रका आउजाउ गर्न सहजता प्रदान गर्ने भएको छ ।
सीमानाका पूर्ववत् रुपमा संचालनमा आएपनि भारतीय नागरिकलाई स्वास्थ्य प्रोटोकल पालना गर्न भनिएको छ । पिसिआर परीक्षणको रिर्पोट र भारतीय सवारी सधानको अनलाईन इन्ट्री लगायतका कागजी प्रकृया पूरा गर्नुपर्ने व्यवस्थाप थपिएको छ । स्वास्थ्यको दृष्टिकोणले यो एक प्रकारले सही भएपनि ठूलो संख्यामा नेपाली र भारतीय आउजाउ गर्ने भएकोले व्यवस्थापनमा कठिन देखिन सक्छ । यसका निम्ति सीमानाकामा स्वास्थ्यकर्मीको टोली समेत परिचालन गरी कोरोना संक्रमणको जाँचमा ध्यान दिदा उपयुक्त हुन सक्छ । यद्यपी लामो समय पछि सीमानाका पूर्ववत् रुपमा सूचारु भएपछि दुवैतर्फका नागरिकको रोकिएको विहेवारी, तिर्थाटन, व्यापार जस्ता गतिविधिले तिव्रता पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!