जनकपुर । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नैतिकताको आधारमा प्रधानमन्त्रीलाई राजीनामा दिनुपर्ने बताएका छन् ।
सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयलाई बदर गरेपछि मुख्यमन्त्री राउतले यस निर्णयलाई सहि भनेका छन् ।
उनले सर्वोच्चले गरेको यस निर्णयलाई स्वागतयोग्य रहेको बताए ।
संविधानको रक्षाको दायित्व सर्वोच्चको रहेकोमा सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर संविधानको रक्षा गरेको मुख्यमन्त्री राउतले प्रतिक्रिया दिए ।
साथै उनले अब प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा तुरन्त राजीनामा दिनुपर्ने आवश्यकता रहेको समेत जनाए ।
Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित