सुरक्षा निकाय हाई अलर्टमा

सुरक्षा निकाय हाई अलर्टमा

अपन दैनिक
फाल्गुन ११, २०७७ मा प्रकाशित
२३५ पटक पढिएको
सुरक्षा निकाय हाई अलर्टमा

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने आदेश दिएसँगै सुरक्षा निकाय हाई अलर्टमा बसेका छन् । नेकपा ओली समूहका नेता कार्यकर्ता र प्रचण्ड–माधव समूहबीच झडप हुनसक्ने विश्लेषणका आधारमा सुरक्षा तैनाथी बढाइएको हो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले बताएअनुसार सर्वोच्चको फैसला आउने संकेतका आधारमा ११ देखि १७ फागुनसम्मका लागि विशेष सुरक्षा योजना लागू गरिएको थियो । त्यही अनुसार उपत्यकाका संवेदनशील क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको अर्यालले बताए ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पालका अनुसार उपत्यकाका निषेधित क्षेत्रहरुसहित ठाउँ ठाउँमा प्रहरी तैनाथी बढाइएको छ । ‘भिड जम्मा हुनसक्ने र कुनै अप्रिय घटना नहोस् भनेर हाई अलर्टमा बसेका हौं’, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पालले भने ।

सुरक्षा संयन्त्रले संसद पुनर्स्थापना भएको अवस्था र नभएको अवस्थामा कस्तो सुरक्षा तैनाथी गर्ने भन्ने तयारी पहिल्यै गरेको थियो । संसद पुनर्स्थापना भएको अवस्थामा प्रदर्शन र झडपको सम्भावना कम हुने सुरक्षा अधिकारीहरूको विश्लेषण थियो ।

सर्वोच्च अदालतले मंगलबार विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्न आदेश दिएको छ । सँगै १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ ।

छापा संस्करण

२०७७ फागुन २१ शुक्रवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित