काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य रहेको प्रतिक्रिया दिएका छन् ।
१३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउने गरी सर्वोच्चको संवैधानिक इजलासले मंगलवार प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेको थियो ।
यादवले भने, 'सर्वोच्चको फैसला स्वागतयोग्य छ । संविधानले जुन स्पिरिट बोकेको थियो, त्यसको सम्मान गर्दै अदालतले फैसला गरेको छ । यसबाट संविधान र लोकतन्त्रको रक्षा भएको छ ।'
Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित