शिशु हत्याको आरोपमा आमाबाबुसहित पाँच जना पक्राउ

शिशु हत्याको आरोपमा आमाबाबुसहित पाँच जना पक्राउ

अपन दैनिक
फाल्गुन ११, २०७७ मा प्रकाशित
१३१ पटक पढिएको
शिशु हत्याको आरोपमा आमाबाबुसहित पाँच जना पक्राउ

बुटवल । १ वर्षीया शिशुको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीमा शिशुका आमाबाबुसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

रुपन्देहीको मायादेवी गाउँपालिका-३ हरहरवास्थित घरबाटै शिशुकी आमा २१ वर्षकी प्रेमा यादव, उनका ससुरा ५५ वर्षीय बुद्धिराम यादव, सासु ४५ वर्षीया राजमती यादव, श्रीमान २२ वर्षीय राजकुमार यादव र साथी लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षीय प्रदीप चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

शिशुको शव आफन्तले खोलामा गाडेको खबर पाएपछि पुगेको प्रहरीले दानव खोला नजिकैबाट शव पनि निकालेको छ ।

शिशुको मृत्युपछि आत्महत्या गर्ने प्रयास गरेकी प्रेमालाई उनकी नन्दले डोरी काटेर बचाएको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले बताए ।

डीएसपी थापाका अनुसार बालिकाको घाँटीमा डोरीको दाग देखिएपछि शव पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा पठाइएको छ ।

छापा संस्करण

२०७७ फागुन २१ शुक्रवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित