काठमाडौं । दमकस्थित भुटानी शरणार्थी शिविरमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार वडा नम्बर ३ स्थित बेलडाँगी शिविरमा मंगलबार बिहान श्रीमानले श्रीमतीको हत्या गरेका हुन् ।
सेक्टर डी ४ छाप्रा नम्बर ३९ बस्ने ५५ वर्षीय सरे राईले ४९ वर्षीया श्रीमती विष्णुमाया तामाङलाई कुटपिट गरी हत्या गरेका हुन् ।
मादक पदार्थ सेवन गरी राईले श्रीमतीलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लाथि दमक अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।
दमक नगरपालिका-२ मा लुकिछिपी बसिरहेका राईलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखिएको छ ।
Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित