भतिजा अपहरणको आरोपमा सिरहाबाट काका पक्राउ

भतिजा अपहरणको आरोपमा सिरहाबाट काका पक्राउ

अपन दैनिक संवाददाता
फाल्गुन १०, २०७७ मा प्रकाशित
३१८२ पटक पढिएको
भतिजा अपहरणको आरोपमा सिरहाबाट काका पक्राउ

सिरहा । गत माघ २० गते सिरहाबाट अपहरित बालकको उनकै काकाले अपहरण गरेको खुलेको छ ।

सिरहा सदरमुकाम सिरहा नगरपालिका-१ डुम्बाखाता बस्ने प्रदीप यादवका २ वर्षीय छोरा प्रियांसु गत माघ २० गते आफ्नै घरबाट हराएका थिए ।

प्रहरीले भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको खाजेडी भन्ने स्थानबाट बालकको सकुशल उद्धार गरेको हो ।

बालक अपहरणको आरोपमा प्रहरीले बालककै काकालाई नियन्त्रणमा लिएको छ ।

अनुसन्धानको क्रममा बालककको अपहरणमा उनकै काका संलग्न रहेको खुलेपछि काकासहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सिरहा प्रहरीका प्रबक्ता शालिग्राम शर्माले बालकको अपहरणमा उनको काका कुलदीप यादवसहित दुई जनाको संलग्नता देखिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

कुलदीपकै योजना बमोजिम सिरहा नगरपालिका १५ सुखचैनाका २३ वर्षीय भरोसी यादवले बालकको अपहरण गरेर भारत पुर्‍याएको खुलेको शर्माले बताए ।

दुवै जनालाई पक्राउ गरी प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार कुलदीपको बालकको बुबा प्रदीपसँग मनमुटाब रहेको थियो ।

सोही रिसइबी साँध्न बच्चाको अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ ।

रिसइबी साँध्दै फिरौती वापत केही रकम पनि हत्याउने योजना अनुसार बालकको अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ ।

 

छापा संस्करण

२०७७ फागुन २१ शुक्रवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित