बहुविवाहका दोषी सिरहाका प्रदेश सांसद साहलाई एक दिन पनि जेल नराखी आममाफी

बहुविवाहका दोषी सिरहाका प्रदेश सांसद साहलाई एक दिन पनि जेल नराखी आममाफी

अपन दैनिक
फाल्गुन १०, २०७७ मा प्रकाशित
१११९ पटक पढिएको
बहुविवाहका दोषी सिरहाका प्रदेश सांसद साहलाई एक दिन पनि जेल नराखी आममाफी

कानुनमन्त्री लीलानाथ श्रेष्ठको जिल्ला सिरहाका प्रदेश सभा सांसद दिलीप कुमार साहले पनि आममाफी पाएका छन् । बहुविवाह मुद्दामा अदालतले दोषी ठहर गरे पनि उनले अहिलेसम्म एक दिन पनि कैद भुक्तान नगरी राष्ट्रपतिबाट आममाफी पाएका छन् । उनी सत्तारुढ दल नेकपाको तर्फबाट सिरहा–४ (क) का सांसद हुन् ।

श्रीमती संगीतादेवी यादवले दिएको मुद्दामा उनलाई जिल्ला अदालत धनुषाले एक वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो । उच्च अदालतले समेत फैसला सदर गरेको थियो । ३ जेठ ०७२ मै उनलाई अदालतले दोषी ठहर गरेकोमा हालसम्म उनी एक दिन पनि जेल बसेका छैनन्, बरु राजनीतिक पहुँचका आधारमा उन्मुक्ति पाएका छन् । बहुविवाहमा सजाय पाएकालाई राज्यले पनि माफी दिन नपाइने कानुन थियो । तर, नेकपा नेता साहलाई आममाफी दिन सरकारले फौजदारी कसुर (कैद कट्टा) नियमावली नै संशोधन गरेको छ । त्यससम्बन्धी अपराधमा जेल परेका ८४ जना पनि सँगै छुटेका छन् ।

-नयाँ पत्रिकाबाट

छापा संस्करण

२०७७ फागुन २१ शुक्रवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]mail.com
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित