आइपीएल अक्सन आज, सन्दीपले पाउलान् त मौका ?

आइपीएल अक्सन आज, सन्दीपले पाउलान् त मौका ?

अपन दैनिक
फाल्गुन ६, २०७७ मा प्रकाशित
१७२ पटक पढिएको
आइपीएल अक्सन आज, सन्दीपले पाउलान् त मौका ?

काठमाडौं ।  इण्डियन प्रिमियर लिग (आइपीएल) को खेलाडी अक्सन आज हुदै छ ।  

भारतको चेन्नईमा हुने खेलाडी अक्सनमा नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने मात्र सुचीकृत भएका छन् । 

आइपीएल अक्सनका लागि यस अघिको प्रारम्भिक चरणमा सन्दीप लामिछानेसहित , विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेस्वाकर, अविनाश बोहोरा र दीपेन्द्र सिंह ऐरी गरि ८ नेपाली खेलाडी सुचिकृत भएका थिए, तर अन्तिम सुचीमा भने नेपालबाट सन्दीप मात्र परेका छन् ।

कुल २९२ खेलाडीको अक्सनबाट बढीमा ६१ खेलाडी विभिन्न फ्रेन्चाईजीले किन्ने छन् । जसमा १६४ भारतीय खेलाडी रहेका छन् भने १२५ विदेशी खेलाडी रहेका छन् । त्यस्तै ३ खेलाडी एसोसियट्स देशका रहेका छन् ।

अक्सनका लागि छानिएका २९२ खेलाडीमा १० खेलाडीको न्युनतम मुल्य २ करोड रहेको छ भने १२ खेलाडीको डेढ करोड भारतीय रुपैया रहेको छ । त्यस्तै ११ खेलाडीको एक करोड, १५ खेलाडीको ७५ लाख र ६५ खेलाडीको ५० लाख न्युनतम मुल्य तोकिएको छ । अक्सन नेपाली समयअनुसार अपरान्ह तीन बजेर १५ मिनेटमा सुरु हुने छ ।  

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको भने न्युनतम मुल्य ४० लाख भारु तोकिएको छ । सन्दीपलाई यस अक्सनमा कुन फ्रेन्चाइजीले किन्छ वा किन्दैन भन्ने विषय अहिलेसम्म अन्योल नै रहेको छ । फ्रेन्चाइजीको विदेशी खेलाडीको कोटा, त्यसपछि टिमको कम्बिनेसन, त्यसमा पनि फ्रेन्चाइजीले भारतीय स्पिनरलाई दिने प्राथमिकता आदि कुराले सन्दीपको सम्भावना कम देखिएको छ ।

छापा संस्करण

२०७७ फागुन २१ शुक्रवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित