फेसबुकलाई इटालीमा ८५ लाख डलर जरिवाना

फेसबुकलाई इटालीमा ८५ लाख डलर जरिवाना

अपन दैनिक
फाल्गुन ५, २०७७ मा प्रकाशित
१२२ पटक पढिएको
फेसबुकलाई इटालीमा ८५ लाख डलर जरिवाना

काठमाडौं । इटालीको एकाधिकार विरोधी नियामकले सामाजिक सञ्जाल फेसबुकलाई ८५ लाख डलर जरिवानाको निर्णय गरेको छ ।

बुधबार इटालीको नियामकले प्रयोगकर्ताको विवरणमा गैरव्यावसायिक अभ्यास सच्याउन गरेको आग्रह पालना नगरेको भन्दै फेसबुकमाथि जरिवानाको निर्णय गरेको हो ।

यसअघि सन् २०१८ नियामकले फेसबुकले प्रयोगकर्तालाई उनीहरुको विवरण प्रयोग हुने गरेको विषयमा सही तरिकाले सूचना नदिइने गरेको भन्दै उक्त कदम सच्याउन निर्देशन दिएको थियो ।

नियामकले फेसबुकलाई सुधार गरिएको जानकारी इटालीका प्रत्येक प्रयोगकर्ताको होमपेजमा आउने बनाउन माग गरेको थियो र यसअघि राम्रोसँग सूचना नदिई विवरणहरु संकलन गरिएको विषयमा ५५ लाख डलर जरिवाना गरेको थियो ।

यद्यपि नियामकले गरेको अनुसन्धानमा भने फेसबुकले नियामकको निर्देशन पालना नगरेको पाइएको थियो ।

फेसबुकले भने यो निर्णयको पुनरवलोकनको लागि निवेदन दिने बताएको छ ।

साथै उसले यसअघि नै नियामकले यसअघि दिएको निर्देशन पनि पालना गरेको पनि दाबी गरेको छ ।

छापा संस्करण

२०७७ फागुन २१ शुक्रवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित