भागरथी हत्याकाण्ड भएपछि भानदेवलाई पछुतो लागेको त्यो दिन

भागरथी हत्याकाण्ड भएपछि भानदेवलाई पछुतो लागेको त्यो दिन

अपन दैनिक
फाल्गुन ४, २०७७ मा प्रकाशित
११५ पटक पढिएको
भागरथी हत्याकाण्ड भएपछि भानदेवलाई पछुतो लागेको त्यो दिन

काठमाडौँ । बैतडीको दोगडाकेदार गाउँपालिका—७ बगौराका भानदेव भट्ट यसैपालि भागरथी पढ्ने विद्यालयमा ११ कक्षामा भर्ना भएका हुन् । उनको घरबाट १५ मिनेट जति हिँडेपछि भागरथीकै घर हुँदै उनी विद्यालय पुग्छन् ।

त्यसदिन विद्यालयको पोशाक नलगाएका उनलाई शिक्षकले आउट ड्रेसमा आउन पाइँदैन भने । कपाल पनि लामो भएको छ काटेर आउनू भने ।

ड्रेस पनि सिलाउनू भनेपछि उनी टिफिन टाइम सकिनेबित्तिकै विद्यालयबाट निस्के । भागरथी १२ कक्षामा व्यवस्थापन संकायकी विद्यार्थी थिइन् । उनको टिफिन टाइममा पनि पढाइ हुन्थ्यो र त्यसपछि बिदा हुन्थ्यो ।

भानदेव विद्यालयबाट निस्केपछि खोचलेक बजारमा रहेको सैलुनमा छिरे । सैलुन विद्यालयबाट ५ मिनेटको पैदल दूरीमा पर्छ । उनीसँगै जाडिकोटका तर्कराज भट्ट र पौडाका लीलाधर भट्ट पनि सैलुनमा पुगे ।

त्यतिबेला भागरथी र यी तीनै जनाको खोचलेकमा भेट भयो । ‘भागरथीले कतिबेला जाने हो ? भनेर सोधी । हामीले कपाल काटेर आउँछौं भन्यौं । उसले ल त्यसो भए तिमीहरू आउँदै गर्नु, म जान्छु भनी र ऊ हिँडी,’ भानदेवले स्मरण गरे ।

भानदेवलाई त्यसै दिनको पछुतो छ । ‘सायद त्यो दिन सँगै आएको भए यस्तो घटना हुन्थेन कि ?’ उनले भने ।

यी सबैको घर आउने बाटो भनेको भागरथीको हत्या भएको स्थान लवलेक वन हो । लवलेक वन क्षेत्र सकिनेबित्तिकै फरक–फरक गाउँ जाने बाटो आउँछन् । तर भानदेव भने भागरथीको घर हुँदै आफ्नो घर जानुपथ्र्यो ।

भानदेव सहितका तीनै जनालाई भागरथीले चाउचाउ किनेको र भीरकट्याको डाँडोमा बसेर खाएको थाहा छैन । ‘हामी त, सैलुनमा छिरिहाल्यौं, त्यसपछि भागरथीका बारेमा केही थाहा भएन,’ भानदेवले भने ।

भागरथीको बलात्कारपछि हत्या घटनाको अनुसन्धान पनि अहिले त्यही भीरकट्याको डाँडो आसपासमै रुमल्लिरहेको छ ।

त्यस दिनको पछुतो सहपाठीहरूलाई मात्रै होइन, आफन्तलाई पनि त्यतिकै छ । आमा द्रोपती पछुताउँदै भन्छिन्, ‘त्यही दिनको ३–४ बजेतिर लवलेक वनतिर खोज्न गएको भए सायद यस्तो हुन्थेन कि ?’ अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
 

छापा संस्करण

२०७७ फागुन २१ शुक्रवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित