सिंहदरबारमै सर्‍यो सरकारको सचिवालय

सिंहदरबारमै सर्‍यो सरकारको सचिवालय

अपन दैनिक
फाल्गुन ४, २०७७ मा प्रकाशित
१५९ पटक पढिएको
सिंहदरबारमै सर्‍यो सरकारको सचिवालय

काठमाडौँ । भूकम्पले क्षति भएको सिंहदरबार अझ कलापूर्ण ढङ्गले प्रबलीकरण भएसँगै नेपाल सरकारको केन्द्रीय सचिवालय अब त्यसै स्थानबाट सञ्चालनमा आउन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण गरिएको प्रमुख प्रशासनिक भवन सिंहदरबार पूर्वी मोहडा भवन सोमबार उद्घाटन गरेसँगै केन्द्रीय सचिवालय त्यहीँबाट सञ्चालनमा आउन थालेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको सिंहदरबार भवनको उक्त खण्ड भूकम्पले क्षति पु¥याएपछि सो कार्यालय नजिकैको अर्काे भवनमा स्थानान्तरण गरिएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सोमबार नै सिंहदरबारस्थित पहिलेकै स्थानमा सारिएको छ । उद्घाटनपछि प्रधानमन्त्री ओलीले आफ्नो कार्यकक्ष प्रवेश गरी दैनिक काम सुरु गरे । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण भएको र यसै भवनबाटै प्रधानमन्त्री कार्यालयबाट प्रदान गरिने सेवा सञ्चालन हुन थालेको जानकारी दिए । गोरखापत्रमा खबर छ ।
 

छापा संस्करण

२०७७ फागुन २१ शुक्रवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित