सिरहा ‘वडा कप’ उपाधी विरेन्द्रबजारलाई

सिरहा ‘वडा कप’ उपाधी विरेन्द्रबजारलाई

अपन दैनिक संवाददाता
माघ २९, २०७७ मा प्रकाशित
३२३ पटक पढिएको
सिरहा ‘वडा कप’ उपाधी विरेन्द्रबजारलाई

सिरहा । सिरहाको सारश्वरमा आयोजना गरिएको प्रथम वडा अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको उपाधी विरेन्द्रबजार फुटबल टिमले जितेको छ ।

सारश्वरनाथ उच्च माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित फाईनल खेलमा विरेन्द्र बजार फुटबल टिमले ३-० गोल अन्तरले गोदार फुटबल टिमलाई पराजित गरेको छ । विरेन्द्रबजारका उज्जवल लामा २ गोल र विनु मगर १ गोल गरेका थिए ।

खेलको वेस्ट एलेभन गोदारका तेजा लामा र वेस्ट ट्वान्टी टु विनु मगर घोषित भएका छन् ।

प्रतियोगिताको विजेता विरेन्द्र बजारलाई २५ हजार नगद सहित ट्रफी प्रदान गरिएको छ ।

यस्तै उपविजेता गोदार फुटबल टिमलाई १५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको सिरहा नगरपालिका १२ सारस्वरका वडा अध्यक्ष सत्रुधन साहले बताए । फाईनल खेलको प्रमुख अतिथि रहेका सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले खेलकुदको विकासमा जोड दिइने बताएका छन् ।

May be an image of 7 people and people standingApan Dainik News

छापा संस्करण

२०७७ फागुन २१ शुक्रवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित