सप्तरी । सप्तरीको खडक नगरपालिकामा सर्पले टोकेर एकै परिवारका दिदीभाइको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नम्बर २ सिस्वाबेल्हीका १४ बर्षीया सुनीता मण्डल र ९ बर्षीय कृष्ण मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा राति सुतेको ठाउँमा सर्पले टोकेपछि उनीहरुलाई सिरहाको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल लगिएको थियो ।

सुनीताको उपचारका क्रममा त्यहीँ मृत्यु भएको र कृष्णलाई राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल लगेपछि उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!