प्रदेश २ : पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन अभियान सञ्चालन

प्रदेश २ : पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन अभियान सञ्चालन

अपन दैनिक संवाददाता
माघ २३, २०७७ मा प्रकाशित
३१३ पटक पढिएको
प्रदेश २ : पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन अभियान सञ्चालन

जनकपुर । कोभिड—१९ का कारण थला परिसकेको प्रदेश २ को पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन पहल थालिएको छ । प्रदेशका होटेल व्यवसायी मिलेर आन्तरिक पर्यटन पुनरुत्थान समिति बनाउँदै पहल सुरु गरेको हो ।

यो समितिले प्रदेशको सबै जिल्लाका पर्यटकीय क्षेत्रको पहिचान गर्दै प्रचार प्रसार गर्नेछ । पर्यटकीय क्षेत्रको भिडियो नै बनाएर देशभर प्रचार प्रसारमा ल्याउने समितिका सहसंयोजक मोहन शर्माले बताए ।

प्रदेशमा धेरै नै पर्यटकीय क्षेत्र भएपनि ओझेलमा भएको र प्रमुख गन्तव्यहरु पनि कोभिडकालमा ओझेलमा परेकाले आफूहरुले यो अभियान सुरु गरेको समितिका सदस्य शैलेश चौधरीले जानकारी दिए ।

यो अभियानको सप्तरीबाट प्रारम्भ गरिएको छ । कंचनरुप नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी यो अभियानको शुभारम्भ गरिएको हो ।

अभियानको उद्घाटन गर्दै प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले पर्यटकीय क्षेत्रको विकास नभएसम्म होटल सञ्चालन गर्न कठिनाइ हुने बताए । उनले होटल व्यवसायीलाई ढुक्क भएर आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै नयाँ होटल खोल्नेलाई प्रदेश सरकारले करसम्मको छुट दिने बताए ।

समितिका अर्का सहसंयोजक बिष्णु साहले सबै जिल्लामा सरोकारबालासँग परिचयात्मक कार्यक्रम राख्दै अभियानलाई अगाडि बढाइने बताए ।

छापा संस्करण

२०७७ फागुन २१ शुक्रवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित