सिरहा : विपन्न दलितलाई न्यानो कपडा

सिरहा : विपन्न दलितलाई न्यानो कपडा

अपन दैनिक संवाददाता
माघ १४, २०७७ मा प्रकाशित
३९० पटक पढिएको
सिरहा : विपन्न दलितलाई न्यानो कपडा

सिरहा । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले सिरहाको गोलबजार ३ जमदहमा न्यानो कम्वल वितरण गरेको छ । स्थानीयतहसँगको समन्वयमा एन अईसी एसीया विकास बैंक प्रादेशीक कार्यालय वर्दिवासबाट प्रात कम्वल एक सय ९० जना दलित विपन्नलाई वितरण गरेको हो ।

एन अईसी एसीया विकास बैंक प्रादेशीक कार्यालय वर्दिवासबाट ४ सय ९० थान न्यानो कम्वल प्राप्त भएको प्रमुख जिल्ला अधिकारी कणेलले जनाए । जसमध्ये एक सय ९० थान गोलबजार ३ का दलित विपन्न परिवारलाई वितरण गरीएको छ । 

पछिल्लो केही दिनदेखि लागातार लागेको कुहिरो र शितलहरका कारण जनजीवन प्रभावित भएकोले जिल्ला विपद व्यवस्थापन समिति सक्रिय रहेको बताए । समितिले जिल्लाको १७ वटै स्थानीय तहलाई कार्ययोजना बनाएर पठाएको प्रमुख जिल्ला अधिकारी कणेलले बताए ।

उनले जिल्ला विपद व्यवस्थापन समितिले हुनेले नहुनेलाई सहयोग गर्ने गरी सर्वसाधारणसँग पनि अनुरोध गरिरहेको जनाए । उनले सोही अनुसार जिल्लाका विभिन्न स्थानहरुमा व्यक्ति, संस्था तथा स्थानीय तहहरुले शितलहर प्रभावितहरुलाई न्यानो कपडा सहयोग गरिरहेको बताए । 

बाल बालिका, वृद्ध विद्धा, अपाङ्ता भएका व्यक्तिहरु, विपन्न सुत्केरी महिला, विरामीहरु प्रभावित भएका छन् । त्यसलाई रेसपोन्स गर्ने काम पनि संगसँगै भएको प्रमुख जिल्ला अधिकारी कणेलले बताए । 

वितरण कार्यक्रममा वडा अध्यक्ष धनप्रसाद लामा, एनआईसी एसीया विकास बैंकका गोलबजार शाखाका प्रमुख प्रदिप साहको उपस्थिति रहेको थियो । 

Apan Dainik News

छापा संस्करण

२०७७ फागुन २४ सोमवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित