सिरहाबाट ब्राउन सुगरसहित एकजना पक्राउ

सिरहाबाट ब्राउन सुगरसहित एकजना पक्राउ

अपन दैनिक संवाददाता
माघ १४, २०७७ मा प्रकाशित
१७०२ पटक पढिएको
सिरहाबाट ब्राउन सुगरसहित एकजना पक्राउ

सिरहा । सिरहा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका ३ चोहर्वा बस्ने बर्ष १९ का कृष्ण कुमार महतो रहेका छन् ।

प्रहरीले उनलाई बुधबार दिउँसो ३ बजे चोहर्वाबाटै बिक्री बितरण गर्नको लागि लगिरहेको अवस्थामा सानो १४ थान पोकामा ३२० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

गोप्य सूचनाको आधारमा प्रदेश २ प्रहरी कार्यालय जनकपुरको विशेष टोलि र इलाका प्रहरी कार्यालय गोलबजारको संयुक्त टोलीले चेकजाँचको क्रममा ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका महतोलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Apan Dainik News

छापा संस्करण

२०७७ फागुन २४ सोमवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित