सप्तरीमा लागुऔषधसहित दुईजना पक्राउ

सप्तरीमा लागुऔषधसहित दुईजना पक्राउ

अपन दैनिक संवाददाता
माघ १४, २०७७ मा प्रकाशित
९५ पटक पढिएको
सप्तरीमा लागुऔषधसहित दुईजना पक्राउ

सप्तरी । सप्तरीमा लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका ४ बस्ने २० वर्षीय राजेश कुमार गुप्ता र १९ वर्षीय सत्यदेव खंग छन् ।

राजगढ गाउँपालिका-२ बनैनियाँबाट मंगलबार साँझ उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । स १ प ९८७८ नम्बरको मोटरसाइकलमा सवार भएका दुवैको साथबाट नाइट्राभेट–१० ट्याब्लेट ९० थान बरामद भएको छ ।

पक्राउ परेका दुवै जनालाई लागुऔषध मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए ।

छापा संस्करण

२०७७ फागुन २४ सोमवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित