आईपीएल अक्सन फेब्रुअरी १८ मा

आईपीएल अक्सन फेब्रुअरी १८ मा

अपन दैनिक
माघ १४, २०७७ मा प्रकाशित
१३० पटक पढिएको
आईपीएल अक्सन फेब्रुअरी १८ मा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० को १४औं संस्करणको अक्सन फेब्रुअरी १८ मा हुने भएको छ ।

आईपीएलले बुधबार सन् २०२१ मा हुने लिगका लागि खेलाडीको अक्सन फेब्रुअरी १८ मा गरिने जनाएको छ । अक्सन चेन्नईमा हुने सम्भावना छ ।

नयाँ सिजनका लागि सहभागी ८ वटै फ्रेन्चाइजले खेलाडी रिटेन र रिलिज गर्ने प्रकिया सकिसकेका छन् । अब अक्सनअघि खेलाडी ट्रेड (खरिदबिक्री) समेत हुनेछ ।

जनवरी २० सम्म सबै फ्रेन्चाइजले रिलिज र रिटेनको नाम सार्वजनिक गरिसकेका छन् । १४औं संस्करणको आईपीएल भारतमा वा बाहिर कता हुने भन्ने निर्णय भइसकेको छैन ।

कोरोना महामारीले गर्दा १३औं संस्करण युएईमा भएको थियो । जहाँ मुम्बईले उपाधि जितेको थियो ।

छापा संस्करण

२०७७ फागुन २४ सोमवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित