नेपाल–भारत सीमाबाट पेस्तोलसहित एक युवक पक्राउ

नेपाल–भारत सीमाबाट पेस्तोलसहित एक युवक पक्राउ

रासस
माघ १, २०७७ मा प्रकाशित
१५२ पटक पढिएको
नेपाल–भारत सीमाबाट पेस्तोलसहित एक युवक पक्राउ

जलेश्वर । नेपाल भारत सीमा नाकामा अवस्थित महोत्तरीको मटिहानी नगरपालिकामा नेपाल प्रहरीले आज पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका– १७ कपिलेश्वर गाउँ बस्ने २३ वर्षीय रामशङ्कर मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

युवक मण्डल आज बिहान करिब ११ः०० बजे पेस्तोल बोकी जनकपुरबाट मटिहानी गएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई मटिहानी नगरपालिका– ८ स्थितबाट पक्राउ गरेको हो । उनको साथबाट एक थान नलकटुवा पेस्तोल, त्यसमा लोड गरिएको अवस्थामा एक राउण्ड गोली र एक राउण्ड साथमा रहेको गोली प्रहरीले बरामद गरेको हो । पेस्तोल र गोलीसहित पक्राउ परेका युवक मण्डललाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ । 

ट्र्याक्टर नियन्त्रणमा 

वाग्मती–मकवानपुरको इलाका प्रहरी कार्यालय पशुपतिनगर कार्यालय हेटौँडाले अवैधरुपमा ल्याइएको काठ र ट्र्याक्टर तथा चालकसहित तीन जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको प्रहरीे टोलीले जाँचका क्रममा उक्त अवैध काठसहित ट्र्याक्टर र त्यसमा सवार तीन जनालाई नियन्त्रणमा लिएको सो कार्यालयले जनाएको छ ।

जाँचका क्रममा उक्त ट्र्याक्टरबाट चिलाउने ३२.०२ क्युफिट, कर्माको ७.०३ क्युफिट र कर्माको ७.०३ क्युफिट गोलिया काठ बरामद गरेको बताइएको छ । हेटौंडाको भोर्लेस्थित धरान चतरा सडकखण्डमा हर्नामारी हुँदै हटियातिर जाँदै गरेको ना७त ११३५ नं को ट्र्याक्टरमा लोड रहेको काठका कागजपत्रबिना फेला परेपछि नियन्त्रणमा लिइएको थियो ।

पक्राउ पर्नेमा ट्र्याक्टर चालक हेटौंडा उपमहानगरपालिका–१८ का ३४ वर्षीय सन्तबहादुर जिम्वा, ४७ वर्षीय आइतराम जिम्वा तथा हेटौंडा–१७ का २९ वर्षीय अशोक तामाङ रहेको बताइएको छ । प्रहरीले नियन्त्रणमा लिएको काठसहित ट्र्याक्टर तीन जनालाई जिल्ला वन कार्यालय मकवानपुरमा कारवाहीका लागि आज पठाएको छ ।

छापा संस्करण

२०७७ माघ १४ बुधवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित