पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं. १ मा १६ कोरोना सङ्क्रमित थपिएका छन् ।
थपिएका सङ्क्रमितमा मोरङमा आठमध्ये विराटनगरमा चार, झापा र सुनसरीमा ३/३ तथा धनकुटा र प्रदेश बाहिरका १/१ जना छन् ।
अहिलेसम्ममा प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ६५ तथा निको भएर घर फर्किनेको सङ्ख्या २९ हजार ३८४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सो अवधिमा २९८ जनासहित कूल दुई लाख १३ हजार ३४६ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित