मावि भलुवाहीलाई नमूना विद्यालय बनाउँछु : मेयर यादव

मावि भलुवाहीलाई नमूना विद्यालय बनाउँछु : मेयर यादव

१ करोड ५६ लाख ऋण लगानी, १ करोड ३९ लाख वचत संकलन

रून्केश कामती
माघ १, २०७७ मा प्रकाशित
४२७ पटक पढिएको
मावि भलुवाहीलाई नमूना विद्यालय बनाउँछु : मेयर यादव

सिरहा । सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवले माध्यमिक विद्यालय भलुवाहीलाई नमूना विद्यालय बनाउने उद्घोष गरेका छन् ।
साना किसान कृषि सहकारी संस्थाको नवौं साधारण सभाको वुधवार उद्घाटन गर्दै मेयर यादवले नमूना विद्यालय बनाउन सिरहा नगरपालिकाले साधनस्रोतको व्यवस्थापन गरिने बताए । ‘यस विद्यालयबाट पढ्ने उत्कृष्ट विद्यार्थीलाई नगरपालिकाले पुरस्कृति गर्छ,‘मेयर यादवले भने, ‘बोर्डिङमा बालबालिकालाई नपढाउनुस् । सामुदायिक विद्यालयको शैक्षिक स्तरलाई माथि उकास्न नगरपालिकाले पहल गर्छ ।’
मेयर यादवले गाउँघरमा निर्माण भएका सडकको संरक्षणमा सवैले ध्यान दिनुपर्ने र आफ्नो वरपरको वातावरणलाई सफा र स्वच्छ बनाउन जुट्नुपर्ने बताए । ‘सडक र नालामाथि गोइठा राख्ने र बाख्रा बाँध्ने काम नगर्नुस् । यसले सडकको सौन्र्दयतालाई खतम पार्छ,’मेयर यादवले भने,‘सडक क्षेत्र सफा र स्वच्छ हुनुपर्छ । सवैले सरसफाईमा ध्यान दिनुपर्छ ।’
सिरहा नगरपालिकाले गहुँको बीउ वितरणलाई सहज बनाएको बताउँदै मेयर यादवले यस वर्षमा ४८ हजार बोरा गहुँ विउ वितरण गरिएको र चालू आर्थिक वर्षमा उत्पादन हुने गहुँ घरखर्च गरी नगरपालिकालाई बिक्रि गर्न आग्रह गरेका छन् । नगरपालिकाले सिरहा नगरक्षेत्रका कृषकका गहुँ खरिद गरी उन्नत बीउ बनाउने भन्दै मेयर यादवले किसानबाट खरिद गरिने गहुँ अर्को वर्ष बीउवीजनको रुपमा प्रयोग गर्न वितरण गरिने बताए ।
साना किसान कृषि सहकारी संस्थाले भलुवाहीले समूह सदस्यमा ऋण लगानी गरी आय आर्जनमा महत्वपूर्ण काम गरेको भन्दै मेयर यादवले सहकारीमा आबद्ध भई ५ रुपैयाँको ब्याजको जालोबाट बच्न सुझाव दिएका छन् । ‘संस्थावाट आवश्यकता अनुसार ऋण लिनुस् र समयमै चुक्ता गर्नुस्,’मेयर यादवले भने,‘ऋण सुविधासँगै वचतको वानी बसाल्नुस् ।’ Siraha_bhaluwahi_sana_kishan_9th_0
साधारण सभामा पत्रकार चन्द्रदेव कामतीले संस्थामा महिलाको आवद्धता प्रवल पक्ष रहेको भन्दै ९ वर्षमा संस्थाले प्राप्त गरेको उपलब्धीको फाईदा सवैले लिनुपर्ने बताए । बचत संकलन, ऋण लगानी र समाजिक भूमिकामा संस्थाको भूमिका सकारात्मक रहेको भन्दै पत्रकार कामतीले अगामी दिनमा अझ् सक्रियतासाथ विस्तारमा जुट्नुपर्ने बताए ।
साधारणसभामा सिरहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव, पूर्व गाविस सचिव उतिम कामती, साना किसान कृषि सहकारी संस्था विष्णुपुरका प्रबन्धक विष्णुदेव यादव लगायतले शुभकामना मन्त्वय व्यक्त गरेका थिए । 
साधारण सभामा संस्थाका अध्यक्ष समेत रहेका सिरहा नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष विनोद कामतीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७६÷०७७ असारसम्म संस्थाले १२३ समूहमा १ करोड ५६ लाख ९३ हजार रुपैयाँ ऋण लगानी गरेको, १ करोड ३९ लाख ११ हजार रुपैयाँ वचत संकलन भएको र ५ लाख ३३ हजार नाफा कमाएको प्रतिवेदन अध्यक्ष कामतीले प्रस्तुत गरेका छन् ।
सम्मान र पुरस्कार वितरण साधारण सभाको अवसरमा साना किसान कृषि सहकारी संस्था भलुवाहीले विभिन्न व्यक्ति र संस्थाका सेयर सदस्यहरुलाई सम्मान र पुरस्कार प्रदान गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यदाव, निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई चादर ओढाएर सम्मान गरेको छ । त्यसँसँगै साधारण सभामा सहभागि विभिन्न संस्था, क्षेत्रका पदाधिकारीहरुलाई गम्छाले संस्थाका अध्यक्ष विनोद कामतीले सम्मान गरका छन् ।
यस्तै नियमित रुपमा ऋणको ब्याज बुझाउने रामदुलारी कामती, रेखा मलाह, विन्देश्वरी पण्डित, आशा कामती र वविता देवी यादवलाई हलो उपहार प्रदान गरिएको संस्थाका अध्यक्ष कामतीले बताए । सवैभन्दा वढी शेयर सदस्य जहरी महतो, जगदीश भुजेल, हिरा कामती, वडागत रुपमा धेरै बचत गर्ने ९ वटा वडाका ९ वटा समूहहरुलाई पुरस्कृत गरिएको कामतीले बताए । यस्तै समूह सदस्य रेणुदेवी मुखियाको छोरा दुर्गेश मुखियाले कक्षा १२ नियमित रुपमा उत्तिर्ण गरेपछि पुरस्कृत गरेको संस्थाका अध्यक्ष समेत रहेका वडा अध्यक्ष कामतीले बताए ।

छापा संस्करण

२०७७ माघ ६ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित