सिरहा । स्रोत नखुलेको झण्डै रु ३२ लाख नगदसहित सिरहा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी लकडीगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको रु ३१ लाख ८९ हजार नगदसहित सिरहा नगरपालिका–२२ हक्पारा निवासी ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको हो ।
कपडाको झोलाभित्र सो रकम बोकेर ल्याएको अवस्थामा यादवलाई पक्राउ गरिएको र आवश्यक कारवाहीका लागि बरामद गरिएको नगदसहित आइतबार यादवलाई सम्पत्ती शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिएकाछन् ।
Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित