सिनेमा हल खोल्ने सरकारको निर्णय

सिनेमा हल खोल्ने सरकारको निर्णय

अपन दैनिक
पौष २६, २०७७ मा प्रकाशित
७१ पटक पढिएको
सिनेमा हल खोल्ने सरकारको निर्णय file photo

काठमाडौं । सरकारले सिनेमा हल खोल्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले सिनेमा हल खोल्ने निर्णय गरेको हो । 

गत चैत ७ गतेबाट बन्द रहेका सिनेमा घर खोल्ने सरकारले निर्णय गरेको हो । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिनेमा हल खोल्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

चैतदेखि सिनेमा हल बन्द हुँदा चलचित्र घरहरुले मात्रै करिब २ अर्ब रुपैयाँ घाटा बेहोर्नु परेको थियो । नेपालभर करिब २०० सिनेमा घर छन् । 

निर्माता संघका अनुसार एक अर्ब लगानीका चलचित्र निर्माण सम्पन्न भएर बसेका छन् । 

आज बिहान चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र नायक शिव श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सिनेमा हल खोल्न आग्रह गरेका थिए । 

छापा संस्करण

२०७७ माघ १३ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित