सिभिल अस्पतालमा कुरुवाको मोबाइल चोरेर ई–बैंकिङबाट दुई लाख लुटियो

सिभिल अस्पतालमा कुरुवाको मोबाइल चोरेर ई–बैंकिङबाट दुई लाख लुटियो

अपन दैनिक
पौष २६, २०७७ मा प्रकाशित
१०५ पटक पढिएको
सिभिल अस्पतालमा कुरुवाको मोबाइल चोरेर ई–बैंकिङबाट दुई लाख लुटियो

काठमाडौं । बानेश्वरको सिभिल अस्पतालमा विरामी कुरुवाको मोबाइल चोरेर ई–बैंकिङमार्फत लुटपाट भएको छ । गत ९ पुसमा सुशीलकुमार प्याकुरेल श्रीमतीलाई उपचार गराउन गाइनो वार्डमा बसेर राति निदाएका बेला मोबाइल लगेर लुटपाट भएको हो ।

प्रकरणमा संलग्न दुई जनालाई महानगरीय प्रहरी वृत्त, बानेश्वरले शुक्रबार पक्राउ गरेको छ । बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतका अनुसार पक्राउ पर्नेमा सप्तरी घर भइ बानेश्वर बस्ने सुरेन्द्रप्रताप कुशवाह र भिमसेनगोला घर भइ ललितपुरको गोदावरी बस्ने पालसाङ लामा छन् ।

बस्नेतका अनुसार चोरी अभियोगमा पटकपटक पक्राउ परेर छुटेका कुशवाहले प्याकुरेल निदाएको बेला चार्जमा राखिएको मोबाइल चोरी गरेका थिए । र, मोबाइल खोलेर ई–बैंकिङको पासवर्ड रिसेट गरी दुई लाख ४ हजार रुपैयाँ ९८१७८०९०८८ नम्बरको ई–सेवामा लोड गरेका थिए ।

‘जम्मा रकममध्ये एक लाख एनआईसी एसिया बैंकमा रहेको लामाको खातामा ट्रान्सफर गरेको देखिएको छ’, बस्नेतले सुनाए, ‘पेशाले इलेक्ट्रिकल इञ्जिनियर रहेका उनले पनि कुशवाहको चोरी धन्दामा साथ दिने गरेको पाइएको छ ।’

प्रहरीका अनुसार लामाले चोरीका ल्यापटप लगायतका सामग्रीको पार्टपुर्जा निकालेर बिक्री गर्न सघाउने गरेको पाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।

छापा संस्करण

२०७७ माघ ६ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित