काठमाडौं । पर्यटन व्यवसायी श्याम मोहन श्रेष्ठको जीवन वृतान्त काठमाडौं–पेरिस–काठमाडौं रेल–बस यात्रा सार्वजनिक भएको छ ।
पुस्तकको सार्वजनिक इतिहासविद् सत्यमोहन जोशी, पर्यटन उद्यमी एवम् लेखक कर्ण शाक्यलागायतले गरेका हुन् ।
लेखकले पुस्तकमा बालापनदेखि गरेका साहसिक काम, सफलता असरफलता प्रेमलगायतका कुराहरू समेटेका छन् । धुलिखेलमा अवस्थित मिरावेल होटलको स्थापना संघर्षसँगै प्रधानमन्त्रीदेखि विशिष्ट व्यक्तिहरुसँगको चिनजानीलाई पनि पुस्तकमा विस्तृत रुपमा व्याख्या गरिएको छ ।
असनको त्यौड टोलमा बिताएका बाल्यकालदेखि युवावस्थामा फ्रान्सको पेरिसदेखि अमेरिकालगायतका देश घुम्दा लागेका रोचक कुराहरु पनि पुस्तकमा लेखेका छन् ।
Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित