कार्यालयमा ओभर टाइम गर्ने बानी छ ? सर्तक हुनुस् ! तपाईंलाई बिरामी पार्न सक्छ

कार्यालयमा ओभर टाइम गर्ने बानी छ ? सर्तक हुनुस् ! तपाईंलाई बिरामी पार्न सक्छ

अपन दैनिक
भदौ २, २०७६ मा प्रकाशित
४६० पटक पढिएको
कार्यालयमा ओभर टाइम गर्ने बानी छ ? सर्तक हुनुस् ! तपाईंलाई बिरामी पार्न सक्छ

तपाईं कार्यालयमा बढी समय बस्ने गर्नुभएको छ ? ओभर टाइम गरेको ग¥यै हुनुहुन्छ ? उत्तर सकारात्मक छ भने , सतर्क हुनुस् । बढी ओभर टाइम गर्ने बानीले तपाईको मुटुलाई बिरामी पार्न सक्छ । अमेरिकी हार्ट एसोसिएसनको म्यागजिन ‘सर्कुलेसन’ मा प्रकाशित एउटा अध्ययनले यस्तै भनेको छ ।
तपाईं आफ्नो कार्यालयलाई नै घरजस्तो सम्झिन थाल्नुभएको छ, बासै एक प्रकारले कार्यालयमा हुन थालेको छ, शारीरिक रुपले धेरै सक्रिय हुनुहुन्छ, स–साना कुरामा पनि रिसाउन थाल्नुभएको छ, भावनात्मक रुपले टेन्सनमा बसिरहनुहुन्छ भने तपाइको शरीरको अमूल्य अंग मुटु जुन बेला पनि अस्वस्थ हुन सक्छ । भावनात्मक रुपमा समस्यामा रहनु, धेरै बढी रिसाउनु, धेरै बढी शारीरिक श्रम गर्नु पनि हृदयघातको कारण बन्न सक्ने पुष्टि अध्ययनले गरेको छ । यससम्बन्धी अनुसन्धानमा रिस वा भावनात्मक रुपले समस्या रहने व्यक्तिमा एक घण्टाभित्र हृदयघातको लक्षण देखिनुबीच सम्बन्ध पाइएको छ । अध्ययनका अनुसार, जो व्यक्ति धेरै बढी भावनात्मक तनाव लिन्छन् र बढी मिहिनेत गर्छन्, उनीहरुमा रक्तचाप बढ्छ । यसले गर्दा मुटुको चालसमेत बढ्छ र धमनीमा रगतको प्रवाहमा परिवर्तन हुन थाल्छ । अनि मुटुमा रक्तसञ्चार कम हुन्छ, जुन हृदयघातको कारण बन्छ ।

छापा संस्करण

२०७८ साउन ९ शनिवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित