मल्ल-श्रेष्ठलाई ‘हरितारा चलचित्र पुरस्कार’

मल्ल-श्रेष्ठलाई ‘हरितारा चलचित्र पुरस्कार’

अपन दैनिक
पौष २२, २०७७ मा प्रकाशित
९२ पटक पढिएको
मल्ल-श्रेष्ठलाई ‘हरितारा चलचित्र पुरस्कार’

काठमाडौं । अभिनेता कृष्ण मल्ल र विशिष्ठ चलचित्रकर्मी नाट्यकर्मी तथा अभिनेता मदनदास श्रेष्ठलाई ‘हरितारा चलचित्र पुरस्कार २०७५’ प्रदान गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई सो पुरस्कार प्रदान गरिएको हो ।

चलचित्र बिकाश बोडका अध्यक्ष दयाराम दाहाल, कलाकार संघका अध्यक्ष रबिन्द्र खड्कालागायतले उनीहरुलाई सो पुरस्कार प्रदान गरेका थिए । पुरस्कारको राशी जनही रु. २५,०००।- रहेको छ ।

त्यस्तै कार्यक्रममा २०७६ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट गीतकार सहदेव ढुंगानालाई प्रदान गरियो । ढंगानाले पनि नगद रु. २५,०००।– सहित पुरस्कार प्राप्त गरेका हुन् ।

वि.सं.२०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी)ले आफु र आफ्ना पति हरि शमशेरको नाममा अक्षय कोष राखी स्थापना गरेको सुरु गरेको हरितारा चलचित्र पुरस्कार चलचित्र क्षेत्र कै पहिलो पुरस्कार हो ।

कार्यक्रममा वि.सं.२०७६ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार सञ्चारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई प्रदान गरिएको छ । श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कारको थैली जनही दश–दश हजार रुपैयाँ रहेको छ ।

त्यस्तै कार्यक्रममा ‘परिवर्तन सम्मान २०७६’ बाट नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव मोहन पन्त, निर्देशक र अभिनेता विश्वदीप घिमिरे र निर्देशक, अभिनेता, सञ्चारकर्मी माधवराज खरेललाई सम्मानित गरिएको थियो । 

पुरस्कार तथा सम्मानित ब्यक्तिको चयन मोहन निरौला, डिजाइनर सुन्दर श्रेष्ठ र सञ्चारकर्मी शान्तिप्रियले गरेका थिए । 

यस अघि हरितारा चलचित्र पुरस्कार महजोडी, शिव श्रेष्ठ, विश्व बस्नेत, रविन्द्र खड्का, रमेश बुढाथोकी, भुवन थापा, करिष्मा मानन्धर, शर्मिला मल्ल, रेखा थापालगायतले पाइसकेका छन् । 

छापा संस्करण

२०७७ माघ १३ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित