प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता सुरु

प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता सुरु

अपन दैनिक
पौष २२, २०७७ मा प्रकाशित
८२ पटक पढिएको
प्रधानसेनापति ट्रफी खेलकूद प्रतियोगिता सुरु

काठमाडौं । स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद नारासहित प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ बुधबारदेखि सुरु भएको छ । 

नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय जङ्गी अड्डामा सुरु भएको उक्त प्रतियोगिताको नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे । उद्घाटनको दिन बुधबार पुरुष र महिलातर्फ १०० मिटर तथा आठ सय मिटरतर्फका खेल सम्पन्न भएका छन् ।  

पुरुष १०० मिटर दौडमा मध्यपश्चिम पृतनाका प्यूठ धर्मेन्द्र सिंह पहिलो भए । उनले सो दौड १० दशमलव ७८ सेकेन्डमा पूरा गरे । सो स्पर्धामा मध्य पृतनाका सिपाही दिपक विश्वकर्मा दोस्रो तथा १४ नम्बर बाहिनी अड्डाका सिपाही दिवश विष्ट तेस्रो भए । विश्वकर्माले सो दौड १० दशमलव ८२ सेकेण्ड तथा विष्टले १० दशमलव ८२ सेकेण्डमा पूरा गरे । 

armygame-RS_KTM-1 यस्तै महिला १०० मिटर दौडतर्फ १६ नम्बर बाहिनी अड्डाकी गनर करुणा लामिछाने पहिलो भइन । उनले सो दौड १३ दशमलव ४३ सेकेन्डमा पूरा गरिन् ।  सो स्पर्धामा पूर्वी पृतनाकी सिपाही मनिषा विक दोस्रो तथा मध्य पृतनाकी सिपाही विपना थारु तेस्रो भए । विकले उक्त दौड १३ दशमलव ५९ सेकेण्ड तथा थारुले १३ दशमलव ६७ सेकेण्डमा गरे ।

यसैगरी पुरुष आठ सय मिटर दौडमा उपत्यका पृतनाका सिपाही सुदीप शाह पहिलो भए । उनले सो दौड दुई मिनेट शून्य दशमलव ३३ सेकेण्डमा पूरा गरे । उक्त स्पर्धामा सुदूरपश्चिम पृतनाका सिपाही सुनिल सुनार दोस्रो तथा मध्य पृतनाका सिपाही बुद्धराम तामाङ तेस्रो भए। सुनारले सो दौड दुई मिनेट शून्य दशमलव ६२ सेकेण्ड तथा तामाङले दुई मिनेट एक दशमलव १४ सेकेण्डमा पूरा गरे । 

यस्तै महिला आठ सय मिटर दौडमा १६ नम्बर बाहिनी अड्डाकी गनर राधिका श्रेष्ठ पहिलो भइन् । उनले सो दौड दुई मिनेट २८ दशमलव १९ सकेण्डमा पूरा गरे । उक्त स्पर्धामा मध्य पश्चिम पृतनाकी सिपाही निर्मला केसी दोस्रो तथा उपत्यका पृतनाकी सिपाही गीता विक तेस्रो भइन् । उक्त दौड केसीले दुई मिनेट २८ दशमलव ७९ सेकेण्डमा तथा विकले दुई मिनेट २८ दशमलव ९८ सेकेण्डमा पूरा गरिन् ।  

सो अवसरमा प्रदर्शनी खेलका रुपमा समावेश गरिएको आर्चरीतर्फ रोशन नगरकोटी उत्कृष्ट घोषित भइन् । उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै नेपाली सेनाका उपरथी निरञ्जनकुमार श्रेष्ठले कोरोना महामारीका कारण गत भदौमा सञ्चालन हुनुपर्ने प्रतियोगिता ढिला भएको जानकारी दिए । 

आगामी माघ २ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा ८ पृतना, ५ मद्दती बाहिनी, एक विशेष फौज बाहिनी तथा यान्त्रिक निर्देशनालय गरी कूल १५ टोलीको सहभागिता रहेको बताए । 

प्रतियोगितामा एथलेटिक्स, भलिबल, सुटिङ, बास्केटबल र फुटबल खेलमा महिला र पुरुष खेलाडीले आ आफ्ना खेलमा प्रतिस्पर्धा गर्नेछन् । सबै खेल सेनाको छाउनी, भद्रकाली र लगनखेल मैदानमा सञ्चालन हुनेछन् । सेनाले २०६५ सालदेखि प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको छ । 

सेनाका खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको जानकारी दिँदै उपरथी श्रेष्ठले त्रिभुवन आर्मी फुटबल क्लबले हालै एशियाली फुटबल महासङ्घ (एएफसी) को क्लब लाइसेन्स प्राप्त गर्न सफल भएको उल्लेख गर्नुभयो । उक्त लाइसेन्स प्राप्त गर्ने त्रिभुवन आर्मी नेपालको एउटा मात्र क्लब हो ।

armygame-RS_KTM

छापा संस्करण

२०७७ माघ १३ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित