फिटनेसमा ध्यान दिँदै क्रिकेट खेलाडी

फिटनेसमा ध्यान दिँदै क्रिकेट खेलाडी

अपन दैनिक
पौष २२, २०७७ मा प्रकाशित
७१ पटक पढिएको
फिटनेसमा ध्यान दिँदै क्रिकेट खेलाडी

काठमाडौं । क्रिकेट खेलाडी अहिले ओमान, अमेरिका र नेपालबीच हुने त्रिकोणात्मक शृखंलाको तयारीमा लागि रहेका छन् । लकडाउनका कारण घरेलु अभ्यासमा सीमित बनेका राष्ट्रिय क्रिकेट खेलाडी अहिले फिटनेस ट्रेनर र फिजियोको प्रत्यक्ष निगरानीमा फिटनेस लेभल विकासका लागि अभ्यासमा जुटिरहेका हुन् । 

नेपाल क्रिकेट संघले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई मंसिर दोस्रो साता देखी बन्द प्रशिक्षणमा राखेर चरण वद्ध तरिकाले अभ्यास गराइरहेको छ । कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि क्रिकेट खेलाडीको प्रशिक्षण रोकिएको थियो । सोही कारण केही खेलाडीमा फिटनेसको समस्या देखिएको थियो भने चितवनमा भएको च्यारिटी खेलबाट खेलाडीको फिटनेस लेभल प्रस्ट पनि भएको थियो । सोही अवस्थालाई नियाल्दै नेपाली क्रिकेट टोलीका फिजियोले खेलाडीको फिटनेस लेभल विकासका लागि अहिले मिहिनेत गरिरहेका छन् ।

न्यौपानेलाई साथ दिन ट्रेनर अहिले नेपाली खेलाडीको साथमा छन् ।  त्यसो त केही खेलाडीले व्यक्तिगत रुपमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अभ्यास गरिरहेका छन् । लामो समयदेखि मैदान ओर्लिन नपाएका खेलाडीलाई बृद्धि विकासकालागि विभिन्न चरणका अभ्यास गराइरहेको राष्ट्रिय क्रिकेट टोलीका फिटनेस ट्रेनर आशय हट्करले जानकारी दिए । 

प्रशिक्षणमा स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना हुने पनि क्यानले यस अघि जारी गरेको सूचनामा उल्लेख गरेको थियो । निरन्तर राष्ट्रिय टोलीको फिटनेस लेभल हेरिरहेका फिजियो बिक्रम न्यौपानले केही दिन यताको फिटनेसले खेलाडीमा सुधार आएको बताए । 
यस्तै राष्ट्रिय टोली उप कप्तान दिपेन्द्र सिंह ऐरीले इन्जुरी विस्तारै रिकभर हुँदै आएको बताए । ऐरीले ओमान सँगको शृखंलालाई लक्षित गरेर टोलीले अभ्यास गरिरहेको बताए । 

सन् २०१४ मा बंगालदेशमा भएको ट्वान्टी–२० विश्वकप खेल्दै अन्तर्राष्ट्रिय स्तरमा उदीयमान देशको परिचय बनाएको नेपालले एक दिवसीय मान्यता पनि पाइसकेको छ । अहिलेको अवस्थामा तयारीलाई तीब्रता दिएको नेपालले ओमन, अमेरिका र नेपालसँगको क्रिकोणत्मक शृखंला सुखद बनाउन जुटिरहेको हो । 

छापा संस्करण

२०७७ माघ १३ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित