‘हमरो पढादिअ स्कुल’ म्युजिक भिडियो सार्वजनिक

‘हमरो पढादिअ स्कुल’ म्युजिक भिडियो सार्वजनिक

अपन दैनिक
पौष २०, २०७७ मा प्रकाशित
१६० पटक पढिएको
‘हमरो पढादिअ स्कुल’ म्युजिक भिडियो सार्वजनिक

सिरहा । शिक्षा दिनुपर्ने सन्देश बोकेको नयाँ म्युजिक भिडियो सार्वजनिक सार्वजनिक गरिएको छ । शान्ति सदाको स्वर रहेको छोरी शिक्षा सम्बन्धी नयाँ म्युजिक भिडियोको सवरी संकल्प समाज गोलबाजरले व्यवस्थापन गरेको छ । गुरुशरण सदाले रचना गरेको उक्त म्युजिक भिडियोलाई आदित्य ठकुरीले निर्देशन गरेको छ । 
उक्त म्युजिक भिडियो नव वर्ष २०२१ अवसरमा एक युटुब च्यानलमार्फत गत शुक्रवार सार्वजनिक गरिएको हो । दिपेन्द्र कुमार रामको संगीत सयोजन रहेको म्युजिक भिडियोमा गोलबजार नगरपालिका ६ कि सगुन सदाले छोरीका भुमिका र शिवशरण सदा, सर्मिला सदाले अभिभावको भुमिकामा अभिनय गरेका छन् । 
छोराछोरी विचको असामान तथा विभेदले छोरीको जीवनलाई थप कष्टकर बनाएको भन्दै शिक्षा केन्द्रित यस म्युजिक भिडियोले आमा बुवा भगवानको रुप रहेको र आमा वुवाले सन्तानलाई दिएको शिक्षाले पहिचान कायम गर्न सकिने संदेश प्रवाह गरेको गितका रचनाकार गुरु सरण सदाले बताए । आफुले गाएको यस गीत मार्फत तराई मधेशको छोरीहरुको आवजलाई प्रतिबिम्त गरेको गायिका शान्ति सदाले बताईन् । छोरीहरुमा उच्चा शिक्षासम्मको पठनपाठन गर्ने प्रबल इच्छा भएपनि आभिभावक समक्ष व्यक्त गर्न विषयको उठान गरेको गायिका सदाले बताईन् । 
मैथिली तथा नेपाली सांगित क्षेत्रका नवउदयमान निर्देशक आदित्य ठकुरीले यो गीतको म्युजिक भिडयोले तराई मधेशका अधिकाश छोरीको शिक्षा प्राप्त गर्ने भावनालाई समेट्ने प्रयास गरिएको बताए । यस म्युजिक भिडियोले दर्शकहरुको मन जित्न सक्ने उनले बताए । यस भिडियोको दृश्य सम्पादन एलिन मगरले गरेका थिए ।

छापा संस्करण

२०७७ माघ १३ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: apandainik[email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित