काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ६ सय ८ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (शुक्रवार) दिएको जानकारीअनुसार, यस दिन ८ सय ९२ जना संक्रमित भाइरस मुक्त भएका छन् ।
मुलुकभर हाल सम्म ७ हजार ९२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यससँगै मुलुकभर हालसम्म कोरोना भाइरसको संक्रमण हुनेको संख्या २ लाख ५७ हजार २ सय पुगेको छ ।
यस्तै कुल २ लाख ४८ जना २ सय ९२ जना कोरोना मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार, शुक्रवार संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । यससँगै मुलुकभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय १६ जना पुगेको छ ।
Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित