एनएमबी बैंक

काठमाडौँ । एनएमबी बैंकले तीज लक्षित अफर ल्याएको छ । तीजको अवसरमा एनएमबीका ग्राहकहरूले क्युआर कोड, पोस वा ईएनएमबी एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १० प्रतिशत वा तीन सय रुपैयाँसम्म क्यास ब्याकको पाउने अफर ल्याइएको हो ।

तीज नेपाली समुदायमा आफन्तजनसँग भेटघाट गरेर, दर खाँदै र नाँचगान गरेर रमाइलोसँग मनाइन्छ । तीजको बेला सार्वजनिक स्थानमा व्यक्ति व्यक्तिबीच सम्पर्कमा रहँदा कोरोना संक्रमण हुने प्रवल सम्भावना हुने भएकोले उक्त अफर ल्याइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार छुटसम्बन्धी थप जानकारी बैंकको वेबसाइटको एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

बैंकले देशभरिका १८१ शाखाहरु, १३७ एटीएमहरु, ९ एक्सटेन्सन काउन्टरहरुमार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!