सिरहा । जिल्ला अस्पताल सिरहामा चिकित्सकको लापरबाहीले नवजात शिशुको शुक्रवार मृत्यु भएको छ ।
सिरहा नगरपालिका-२ की नितु रायकी नवजात शिशुको शल्यक्रिया भएको केही समयमै मृत्यु भएको हो ।
डा. राकेश सिंह नेतृत्वको टोलीले चेकजाँच गरेर शल्यक्रिया गर्ने भनिएपनि ढिलाई गरेपछि शिशुको मृत्यु भएको परिवारजनको आरोप छ ।
यता डा. अखिलेश चौधरीले शुक्रवार विहान चेकजाँचमा पुग्दा बच्चाको नाभी च्यापिएपछि शल्यक्रिया गरेका थिए ।
शल्यक्रिया सफल भएपनि बच्चाको मृत्यु भएको छ ।
नितुका पति उपेन्द्र रायले राती नै शल्यक्रिया गर्न स्वीकृति दिएपनि ढिलाई गरी लापरबाही गरेकोले बच्चाको मृत्यु भएको बताए ।
उनले लापरबाही गर्ने चिकित्सकलाई कारबाही गरिनुपर्ने बताएका छन् ।
यस घटना सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले चासो व्यक्त गर्दै आईतवार दुवैपक्षसँग छलफल गरी छानबीन समिति बनाउने सहमति भएको छ ।
Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित