सिरहामा लागूऔषधसहित दुईजना पक्राउ

सिरहामा लागूऔषधसहित दुईजना पक्राउ

अपन दैनिक संवाददाता
मंसिर १९, २०७७ मा प्रकाशित
३७२ पटक पढिएको
सिरहामा लागूऔषधसहित दुईजना पक्राउ

सिरहा । सिरहामा सशस्त्र प्रहरीले अबैध लागूऔषधसहित दुई जनालाई आज (शुक्रबार) पक्राउ गरेको छ ।

सिरहा नगरपालिका-१७ लच्का दशगजा ईलाकामा भातरबाट नेपाल आउदै गरेको सिरहाको नरहा गाउँपालिका वडा नं. ३ बस्ने करिब ३२ बर्षीय मो. रहसुन र कर्जन्हा नगरपालिका वडा नं. ४ बस्ने करिब २० वर्षीय राकेश कुमार शर्मा लाई शंका लागी चेकजाँच गर्दा शरिरमा लुकाई छिपाई राखेको लागुऔषध नाईट्रोभेट ट्यावलेट १० पता (३०० काटी) सामसुुङ्ग जे सेभेन मोवाइल एक थान, सादा सेट एक थान, चार्जर एक थान र नगद दुई हजार ७० रुपैया सहित सशस्त्र प्रहरी बल सिमा सुरक्षा पोष्ट माडरबाट खटिएको सशस्त्र प्रहरी सहायक हवल्दार शम्भु दर्जीको सीमा डिउटी टोलीले पक्राउ गरेको छ ।

पक्राउ परेका दुवैजनालाई लागु औषध सहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय माडरमा बुझाइएको सशस्त्र प्रहरी बल सिमा सुरक्षा पोष्ट माडरका सशस्त्र प्रहरी निरीक्षक अजुर्न कुवरले बताएकाछन् ।

छापा संस्करण

२०७७ माघ ६ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित