८५ वर्षमा पनि उस्तै उत्साह, कोरोनाकालमा नातीसँग सिनेमा खेल्दै धर्मेन्द्र

८५ वर्षमा पनि उस्तै उत्साह, कोरोनाकालमा नातीसँग सिनेमा खेल्दै धर्मेन्द्र

अपन दैनिक
मंसिर १७, २०७७ मा प्रकाशित
६१ पटक पढिएको
८५ वर्षमा पनि उस्तै उत्साह, कोरोनाकालमा नातीसँग सिनेमा खेल्दै धर्मेन्द्र

बलिउड अभिनेता धर्मेन्द्र ८५ वर्षका भइसके । तर, दर्शकलाई मनोरञ्जन गराउने चाहना उनमा अझै मरेको छैन । निर्देशक अनिल शर्माले भर्खरै देओल परिवारलाई लिएर फिल्म ‘अपने २’ बनाउने घोषणा गरेका छन् । यस फिल्ममा धर्मेन्द्रसँगै उनका दुुई छोरा सनी देओल र बबी देओल तथा नाती करण देओलले अभिनय गर्नेछन् ।

भारतमा कोराना भाइरसले उग्र रुप लिइरहे पनि सुुटिङमा जानका लागि आफु नडराएको धर्मेन्द्रले बताएका छन् । उनका अनुसार फिल्मको पुरै टिम आवश्यक सावधानी अपनाएर सुुटिङमा जानेछ । ‘मानिसहरु बहादूर बन्न आवश्यक छ, मुर्ख होइन,’ उनले भनेका छन् । प्रशंसकहरुले नै आफुलाई कलाकार बनाएकाले उनीहरुलाई मनोरञ्जन गराउन कहिल्यै नछाड्ने धर्मेन्द्र बताउँछन् । ‘जबसम्म काम गर्न लायक रहन्छु, त्यतिबेलासम्म एक अभिनेताका रुपमा नयाँ–नयाँ भूमिकाको प्रयोगमा जुुट्नेछुु,’ उनले भनेका छन्, ‘मानिसको उमेर कति भयो भन्ने कुराले कुनै फरक पार्दैन । केवल उसले आफुुभित्र जोशलाई कायम राख्न जरुरी छ ।’

एक अभिनेताका रुपमा आफु सधैं नयाँ कामको खोजीमा रहने उनले बताए ।  फिल्म ‘अपने २’ सन् २००७ मा रिलिज भएको स्पोर्टस् ड्रामा ‘अपने’ को सिक्वेल हो । आगामी वर्षको दिपावलीमा यो फिल्म प्रदर्शनमा आउनेछ ।

यसैबीच, सनी देओललाई भने कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

अभिनेता सनी देओललाई कोरोना संक्रमण

sUNNY-DEOL.jpg-2 बलिउड अभिनेता तथा गुरदासपुरका बीजेपी एमपी सनी देओललाई कोरोना संक्रमण भएको छ । अभिनेताले बुधबार बिहानै ट्विटर मार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । 

उनले लेखेका छन्, “मैले कोरोना परीक्षण गराएँ र रिर्पोट पोजेटिभ आएको छ । म आइसोलेसनमा छु र स्वास्थ्य अवस्था ठिक छ । पछिल्लो केहीदिन देखि मेरो सम्पर्कमा रहेका तपाईंहरु सबै आइसोलेसनमा बस्नु हुन मेरो अनुरोध छ ।” 

उनको हालै मुम्बईमा काँधको शल्यक्रिया गरिहएको थियो । केहीदिन अघि मात्रै देओल परिवारले ‘अपने ३’ निर्माणको घोषणा गर्दै यसमा देओल परिवारको तीन पुस्ता एकैसाथ पर्दामा आउने पनि जानकारी दिएका थिए ।

 

छापा संस्करण

२०७७ माघ ६ मंगलवार

तपाईको सूचनाको तिर्खा मेट्न अपन दैनिक डट कममा ताजा र खोजमूलक समाचार (अपन दैनिक इ–पेपर) निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा अपन दैनिकले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

  • वेबसाईट: www.apandainik.com
  • ईमेल: [email protected]
  • फोन नम्बर: ९७७–०३३–५२१२१४
  • ठेगाना: सिरहा नगरपालिका वाड नम्बर ७, (जिल्ला– सिरहा प्रदेश नम्बर २ नेपाल)

प्रेस काउन्सिल दर्ता नं.: १०३५/०७५-०७६
जिल्ला प्रशासन सिरहा दर्ता नं.: ९०/०७१-०७२
पान नं. ६०२७९७३८६

  • प्रकाशक: शुभ नारायण कामती (9854021739, 9801321739)
  • विज्ञापनका लागि सम्पर्क: रुन्केश कामती (9852821214)

Copyright © 2016 / 2021 - अपन दैनिक - सर्वाधिकार सुरक्षित